गतिविधिहरु

१. राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको स्थापना एवं परिचयः

ज्येष्ठ नागरिकको मर्यादित र सम्मानजनक जीवन यापन गर्नपाउने अधिकारको सुनिश्चितताको लागि २०६० भाद्र १७ मा स्थापित राष्ट्रिय ज्येष्ठ नागरिक संस्था सञ्जाल नेपाललाई समयसापेक्ष व्यापक र प्रभावकारी बनाई ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील सम्पूर्ण संस्था, व्यक्ति तथा सरोकारवालाहरू समेतको वृहत् छाता संगठनको रूपमा विकसित र नेतृत्व गर्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ २०६८ पौष १२ गते विधिवत रूपमा स्थापित छ । ज्येष्ठ नागरिकहरूको हक अधिकारको सम्मान गर्न गराउन कार्यरत सामाजिक संस्थाहरूको नेतृत्व र समन्वय गर्न स्थापना गरिएको यो महासंघ शुद्ध गैर राजनैतिक, गैर धार्मिक र गैर नाफामूलक सामाजिक संस्थाको रूपमा कार्यरत रहेको छ ।

महासंघले नेपालका साँतै प्रदेशका ७४ जिल्लामा ज्येष्ठ नागरिक जिल्ला संघ गठन गरिसकेको र बाँकी जिल्लाहरूमा गठन प्रक्रिया जारी नै छ । यी जिल्ला संघ मार्फत नेपालमा ज्येष्ठ नागरिक समक्ष आएका चुनौती र समस्यालाई समाधान गर्न विभिन्न कार्ययोजना तथा कार्यक्रम विस्तार गर्दै ज्येष्ठ नागरिकलाई सुखी र सम्मानित वनाउने राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको लक्ष्य छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको सर्बाेच्च निकाय महासभा वा महाधिवेशन हो । महाधिवेशन प्रत्येक वर्ष हुने गरेको छ र तीन तीन वर्षमा महासंघको विधान अनुसार कार्यसमितिको निर्वाचन गर्ने प्रावधान छ । सबै जिल्ला संघको सहभागितामा महासभा गठन हुनेछ । ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत वृद्धाश्रम, दिवासेवा केन्द्र र अन्य संस्थाहरू सम्वन्धित जिल्लामा आबद्ध हुन्छन् र यिनिहरूको अधिवेशन (साधारण सभा) मा जिल्ला संघको गठन हुन्छ । महासंघको कार्यसमितिमा पदाधिकारी सहित २७ जना सदस्य हुन्छन् । यस मध्ये साँच जना नेपालका साँतै प्रदेशबाट एक–एक जना निर्वाचित भएर आउछन् ।

२. ज्येष्ठ नागरिकको क्षेत्रमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संचालन गरेका गतिविधिः

ज्येष्ठ नागरिकहरूको हक हितको संरक्षणका लागि कार्यरत  राष्ट्रिय ज्येष्ठ नागरिक संस्था सञ्जाल देखि महासंघसम्मको यात्रामा  यसले  ज्येष्ठ नागरिक सम्वन्धी देहायका कार्यहरू गरेको छः

१. ज्येष्ठ नागरिक सम्वन्धी विभिन्न खाले दिवसहरू मनाईन्छ ।

क) विश्व अल्जाइमर दिवसः (२१ सेप्टेम्बर)

साधारणत वृद्धावस्था पुगेपछि मनोभ्रंश (म्झभलतष्ब) को समस्या करिब ३ प्रतिशतमा देखा पर्दछ र नेपालमा अहिले ७८,००० व्यक्तिमा यो रोग लागेको अनुमान छ । यसमा पहिले विकास गरिएको मानसिक र बौद्धिक क्षमताको ह्रास हुन्छ । यो रोग लागेको व्यक्ति आफ्नो स्मरण शक्ति गुमाउँछ खास गरि, वर्तमान घटनाबारे । पछि त विस्मृति बढ्दै जान्छ, यहाँ सम्मकि उसले आफ्नो घर, आफ्नो बस्ने कोठा आदि पनि ठम्याउन सक्दैन र आफ्नो पति÷पत्नीलाई पनि चिन्दैन । भोजन ग¥यो कि गरेन कुरा पनि सम्झन सक्दैन । अन्तिम अवस्थामा रोगी ओछ्यान समात्छ (द्यभम चष्ममभल), दिशा–पिशाब गरेको थाहा हुदैन र पाँच साँत वर्ष भित्र प्राण त्याग गर्दछ । तसर्थ, यस्ता रोगीलाई स्याहार सुसारको नितान्त आवश्यकता पर्दछ । प्रारम्भिक अवस्थामा रोगीलाई उपचार गरेमा रोगको तीव्रगति कम गर्न सकिन्छ । तर जनसाधारणले विस्मृति वृद्धावस्थाको एक सामान्य लक्षण भन्ठानेर वास्ता गर्दैनन् । तसर्थ रोग बारे जनमानसमा जनचेतनामूलक कार्यक्रम संचालन गर्न वाञ्छनिय भएकोले सन् २००७ देखी महासंघले यो दिवस मनाउदै आईरहेको छ । दिवसको अवसरमा महासंघ एवं अन्य सरोकारवाला निकायसंगको सहकार्यमा देहाय बमोजिमको विभिन्न चेतनामूलक कार्यक्रम सहित यो दिवस प्रत्येक २१ सेप्टेम्बरका दिन मनाईने गरिएको छ ।

१. अल्जाईमर रोग बारे जानकारीमूलक ह्याण्ड विल वितरणः
२. अल्जाईमर रोगको विषयमा रेडियो तथा टि.भि अन्तरसंवाद कार्यक्रमः
३. प्रभातफेरी कार्यक्रम
४.मूल समारोह कार्यक्रमः
अल्जाईमर रोग बारे कार्यपत्र प्रस्तुति
५. अन्तक्र्रिया कार्यक्रम

यसै दिवसको अवसरमा, महिला, बाल–बालिका तथा समाज कल्याण मन्त्रालय, तथा तत्कालीन संजालको संयुक्त प्रयासमा ज्येष्ठ नागरिकहरूको लागि अभिशापको रूपमा रहेको अल्जाईमर रोगको वारेमा जनचेतना फैलाउन “सम्झौ सम्झन नसक्नेहरूलाइ” नामक वृत–चित्र निर्माण गरिएको ।

ख) अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसः

संयुक्त राष्ट्रसंघ (UN) ले १९९० डिसेम्बर १४ मा अक्टुबर १ लाई International Day of Older Persons (अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस) को रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो । तत्पश्चात प्रथम पटक १९९१ को १ अक्टुबरमा सर्वप्रथम यो दिवस सदस्य राष्ट्रहरूले मनाए । सर्ब प्रथम प्रौढ कल्याण संघ नेपाल नामक संस्थाले नेपालमा पनि यो दिवस सन् १९९६ मा औपचारिक रूपमा मनाउन सुरुवात ग¥यो । यस कार्यलाई राष्ट्रिय ज्येष्ठ नागरिक संस्था संजाल नेपालले (हालको महासंघले) निरन्तरता दियो ।

ई.वि.सन् २००७ देखी नेपाल सरकार, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले पनि महासंघसंगको सहकार्यमा नियमित रूपमा मनाउदै आएको छ । सोही वर्ष देखी यो दिवसको उपलक्ष्यमा ज्येष्ठ नागरिकको मानव अधिकार, आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा सुनिश्चितका लागि मुख्यतः देहाय बमोजिमका विभिन्न कार्यक्रमहरू आयोजना गरिदै आईएको छ । यसै शिलशिलामा २०७८ अर्थात ३१औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईयो । यस दिवसको अवसरमा वार्षिक रूपमा ज्येष्ठ नागरिकको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने एक व्यक्ति र एक संस्थालाई महासंघ र मन्त्रालयबाट सम्मान गर्ने प्रचलन समेत रहिआएको छ ।

१.ज्येष्ठ नागरिककहरूको सवालमा टि.भी तथा रेडियो अन्तरसंवाद एवं पत्रपत्रिकामा लेख रचना प्रकाशनः
२. ज्येष्ठ नागरिक सम्वन्धी विभिन्न जानकारीमूलक ह्याण्ड विल वितरणः
३. पत्रकार सम्मेलनः
४. प्रभातफेरी कार्यक्रमः
५. मूल समारोह कार्यक्रमः

ग) ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवस (जुन १५)

विश्वका अन्य मुलुकमा जस्तै हाम्रै घर–परिवार, छर–छिमेक र समाजमा पनि ज्येष्ठ नागरिक माथि दुव्र्यवहार हुने गरेको छ । तर पीडित पक्षले नै त्यस्तो घटना बाहिर आउन दिदैनन् वा भन्दैनन् किनभने त्यसो गर्दा आफ्नो र आफ्नै परिवारको बेइज्जत होला भनेर डराउँछन् ।

परिवारको कुरा बाहिर भनेको थाहा पाए आफूमाथि हुने गरेको दुव्र्यवहार झन् बढ्ला भन्ने डर पनि हुन्छ । छिमेकी अथवा अरुले त्यस्तो घटना थाहा पाए “अर्काको पारिवारिक कुरा” भनेर देखेको पनि नदेखेको जस्तो गर्ने गरिन्छ । हाम्रो देशमा ज्येष्ठ नागरिकमाथि हुने शोषण र दुव्र्यवहारविरुद्ध कानुनी उपचारको कुनै भरपर्दो व्यवस्था छैन र जे छ त्यो पनि माथिका कारणहरूले गर्दा त्यस्ता कानुनी व्यवस्थाको कार्यान्वयन गर्न गाह्रो पर्छ । यी कारणहरूले गर्दा समाजमा ज्येष्ठ नागरिकहरू अपहेलित र पीडित हुन बाध्य हुन्छन् । उनीहरूले न गुहार माग्न सक्छन् न त अरूले सहयोग गर्न सक्ने अवस्था नै छ । जीवनको उत्तरार्धमा बाध्य भएर आफूमाथि हुने दुव्र्यवहार चुपचाप सहनु, एक्लै टोलाउनु र एकान्तमा तप्प–तप्प आँसु झार्दै चाँडो मृत्युको कामना गर्नु धेरै ज्येष्ठ नागरिकको नियति नै बन्दैगएको छ र यो व्रmम बढ्दै छ । यस्तो हुन नदिनु वा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार र शोषणविरुद्ध आवाज उठाउनु हामी सबैको कर्तव्य हो । त्यसैले प्रत्येक वर्ष जून महिनाको १५ तारिखलाई “ज्येष्ठ नागरिक प्रति गरिने दुव्र्यवहार विरुद्ध विश्व चेतना दिवस”को रूपमा विश्वभर मनाइन्छ । नेपालमा पनि यो दिवसको उपलक्ष्यमा महासंघले मन्त्रालय एवं विभिन्न सरोकारवाला निकायहरूको सहयोगमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरि वार्षिक रूपमा मनाउदै आईरहेको छ ।

२. राष्ट्रिय सम्मेलनः
ज्येष्ठ नागरिकका सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षा लगायत राज्यबाट प्राप्त हुनुपर्ने सेवा सुविधाबाट ज्येष्ठ नागरिक बञ्चित रहेका छन् । विद्यमान ऐन कानुन, नीति, नियम समयानुकूल नभएको अवस्था एकातिर छ भने कार्यान्वयन र अनुगमन पक्ष फितलो हुदा, ज्येष्ठ नागरिकहरू थप मार्कामा परेका छन् । यिनै समस्यालाई दृष्टिगत गर्दै ज्येष्ठ नागरिकको मानव अधिकार, आर्थिक, स्वास्थ्य, सामाजिक सुरक्षा र सम्मानजनक जीवन यापनको अधिकार सुनिश्चित गर्ने उद्देश्यले ज्येष्ठ नागरिकका समस्यालाई कसरी पहिचान गर्ने? त्यसको समाधान कसरी र क–कस्को माध्यमबाट सम्बोधन गर्ने ? यसको लागि ज्येष्ठ नागरिक जिल्ला संघको भूमिका के रहन्छ ? राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले सम्बोधनको लागि कहाँ र कसरी पहल गर्नु पर्दछ भन्ने विषयमा समेत सल्लाह सुझाव सहित संकलन गरि तत्काल, मध्यकाल र दीर्घकालका लागि आगामी रणनीति तथा कार्यक्रम तय गर्न वाञ्छनीय ठानी निम्नानुसारको सम्मेलन सम्पन्न गरियो ।

क) पहिलो सम्मेलनः
तत्कालीन संजालको अवस्थामा ज्येष्ठ नागरिकहरूको सवाल त्यसको समस्या र समाधानका वारे पहिचान र सो सवालमा कार्यरत संस्थाहरूको पहिचान गर्नु का साथै एक अर्का बीच समन्वय तथा सहकार्यको वातावरण सृजना गराउन २०६३ मा करिव ३० वटा संस्थाहरूको सहभागितामा पहिलो पटक भक्तपुरमा ज्येष्ठ नागरिक सम्मेलन गरियो ।

ख) वार्षिक रूपमा ज्येष्ठ नागरिक सम्मेलन एवं महासंघको महाधिवेशनः
करिव ११ वर्ष अगाडि राष्ट्रिय ज्येष्ठ नागरिक संस्था संजालबाट राष्ट्रिय ज्येष्ठ नागरिक महासंघमा रुपान्तरित भएपछि प्रत्येक वर्ष महासंघले ज्येष्ठ नागरिक राष्ट्रिय सम्मेलन एवं महाधिवेशन वार्षिक रूपमा महासंघ अन्तर्गत रहेका जिल्ला संघहरूको सहकार्यमा विभिन्न जिल्लाहरूमा गर्दै आइरहेको छ । यस अवसरमा ज्येष्ठ नागरिकका समस्या र पीर मर्का बारे गहन छलफलका साथै महासंघले गरेको प्रगति र आर्थिक प्रतिवेदनमाथि सभासद्हरूद्वारा सिंहाबलोकन गरि पारित गरिन्छ । ज्येष्ठ नागरिकलाई प्रदान गरिरहेको सेवा सुविधाबारे पनि सम्मेलनमा जानकारी गराइन्छ । देशैभरका यस महत्वपूर्ण भेलामा प्रत्येक वर्ष ज्येष्ठ नागरिकका सवालमा उत्कृष्ट योगदान दिने एक संस्था र व्यक्तिलाई सम्मान पनि गर्ने प्रचलन रहेको छ । सम्मेलनको अन्तमा सहभागिहरूबाट राखेका सुझावहरूलाई समेत समावेश गरि एकवर्ष भरि महासंघले संचालन गर्नु पर्ने कार्यहरूको कार्ययोजना पनि तय गरिन्छ । साथै सम्मेलनको समग्र घोषणा पत्र जारी गरिन्छ ।

यसरी वार्षिक रुपमा संचालन गर्दै, आईरको वृहत कार्यक्रम विभिन्न जिल्लाहरूमा गएर आयोजना गर्ने क्रममा, २०७० सालमा सुनसरीको ईटहरी, २०७१ सालमा चितवन, २०७२ सालमा दोलखा, २०७३ सालमा रुपन्देहीको वुटवल, २०७४ सालमा दाङ्ग, २०७५, पर्सा गरि सातौ सम्म निरन्तर आयोजना भयो । २०७६ र २०७७ सालमा विश्वव्यापी महामारीको रूपमा रहेको कोभिडको कारण स्थगन गर्न पर्ने वाध्यता सृजना भई वि.स. २०७८ सालमा पुनः रुपन्देहीको बुटवलमा आठौं सम्मेलन एवं महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिएको छ ।

३. ज्येष्ठ नागरिक जिल्ला संघ गठनः

संजाललाई महासंघमा परिणत गरेको छोटो अवधिमा पनि नेपालका साँतै प्रदेशका ज्येष्ठ नागरिक सम्वन्धी संस्थाहरू भएका ७४ जिल्लामा ज्येष्ठ नागरिक जिल्ला संघहरू गठन गरिसकिएको छ । यसरी यस महासंघलाई छोटो अवधिमा नै विस्तृत र प्रभावकारी छाता संगठनको रूपमा विकास गर्नमा सफल भएको छ । गठित जिल्ला संघहरूमार्फत नेपालका दूर–दराजका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरि विभिन्न कार्यक्रमहरू संचालन गर्नमा सहयोग पुग्दै आईरहेको छ ।

ज्येष्ठ नागरिक जिल्ला संघहरूसंगको सहकार्यमा ज्येष्ठ नागरिकहरूको समस्यालाई न्यूनीकरण गर्न लक्षित कार्यक्रमहरू संचालन गर्न सरकारी लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूमा पहल गर्दै आईरहेको छ ।

४. वृद्धावस्था व्यवस्थापन÷स्याहारकर्ता तालिमः

नेपालमा ज्येष्ठ नागरिकको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । ज्येष्ठ नागरिकहरू अन्य समूहको तुलनामा अझ पीडित, कुण्ठित र दयनीय अवस्थामा गुज्रनु पर्ने अवस्था वढ्दो छ । एकातर्फ उनिहरूको रेख देख र सहयोग गर्ने व्यक्तिहरूको अभाव घर भित्रै पनि खड्कदो छ भने भएकाहरूमा पनि वृद्धावस्था व्यवस्थापनको सीप एवं अनुभवको अभाव छ । तसर्थ उक्त अभावको परिपूर्ति गर्ने हेतुले वि.स. २०६५ सालमा प्रथम पटक वृद्धावस्था व्यवस्थापन तालिमको शुरुवात गरिएको थियो ।

तालिममा नेपालका पाँचै विकास क्षेत्रका संचालित वृद्धाश्रम, दिवासेवा केन्द्र एवं ज्येष्ठ नागरिक सम्वन्धी काम गर्ने अन्य संस्थाहरूको सहभागिता रहेको थियो । वृद्धावस्थालाई व्यवस्थापनका लागि स्याहारकर्तामा हुनुपर्ने आवश्यक सीप, दक्षता, सैद्धान्तिक एवं व्यावहारिक ज्ञानको बारेमा विषयगत रूपमा प्रशिक्षण गराइएको थियो । यो तालिम अवधि सात दिन रहेको थियो ।
तत्पश्चात प्रत्येक क्षेत्रबाट महिला तथा बालबालिका कार्यालय, ज्येष्ठ नागरिक जिल्ला संघ एवं अन्य संस्थाहरू बाट सहभागी हुने गरि दुई दिनको समिक्षा र पाँच दिनको स्याहारकर्ता तालिम संचालन गर्ने गरिएको छ ।

गत आ.व. ७१÷७२ मा यस्ता प्रकारका तालिम जिल्लामानै तालिम प्राप्त प्रशिक्षकहरू बाट संचालन गर्न सक्ने उद्देश्यले चार विकास क्षेत्रमा पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरिएको थियो । जसको परिणाम स्वरुप प्रशिक्षकहरू बाट केही जिल्लामा स्वस्फूर्त रूपमा तालिम समेत दिने गरेको पाइको छ ।

यस प्रकारको समीक्षा एवं तालिम कार्यक्रम संगै गर्दा, ज्येष्ठ नागरिकको विषयमा विभिन्न जिल्लामा ज्येष्ठ नागरिकको सवालमा भएका कार्यक्रमको बारेमा जानकारी लिने अबसर प्राप्त भएको छ । सहभागीलाई राज्यको ज्येष्ठ नागरिक सम्वन्धी नीति नियम एवं कार्यक्रमको बारेमा स्पष्ट गराई आगामी दिनमा कार्य गर्न सहज भएको छ । जिल्लामा ज्येष्ठ नागरिक सम्वन्धी कार्यक्रम कार्यान्वयन गर्नमा मुख्य भूमिका निर्वाह गर्ने महिला तथा बालबालिका कार्यालय, ज्येष्ठ नागरिक जिल्ला संघ लगायत अन्य सरोकारवाला निकायवीच एकअर्कामा सहकार्य गर्ने वातावरण निर्माण गराउने जस्ता कुराहरूमा सहयोग पुगेको छ ।

५. ज्येष्ठ नागरिक स्याहारकर्ता तालिम निर्देशिका निर्माणः

ज्येष्ठ नागरिकको संरक्षण र व्यवस्थापनको कार्यमा संलग्न वृद्धाश्रम एवं अन्य संस्थामा कार्यरत स्याहार कर्ताहरूमा वृद्धावस्था व्यवस्थापन÷स्याहार कर्तामा हुनु पर्ने सीप एवं अनुभवको अभावलाई परिपूर्ती गर्न ज्येष्ठ नागरिकको हेरचाह र स्याहार सुसारमा संलग्न परिवारका सदस्य, आश्रमका सहयोगीहरू र सामाजिक कार्यकर्ता लाई ज्येष्ठ नागरिकहरूको स्याहार सुसारमा अपनाउनु पर्ने सावधानी एंव विधिहरू बारे प्रशिक्षित गर्न आवश्यकता देखियो । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ (पूर्व राष्ट्रिय ज्येष्ठ नागरिक संस्था संजाल, नेपाल) ले वि.स. २०६५ साल देखी नेपाल सरकार, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलको आर्थिक सहयोग र सहकार्यमा राष्ट्रिय एवं क्षेत्रिय स्तरमा ज्येष्ठ नागरिक स्याहार कर्ता तालिम सात दिन देखि तीन दिन सम्म विभिन्न अवधिमा आयोजना गर्दै आईरहेको विषय वस्तुलाई परिस्कृत गरि ज्येष्ठ नागरिक स्याहारकर्ता तालिम निर्देशिका तयार गरिएको छ ।

६. नेपालको नयाँ संविधानमा ज्येष्ठ नागरिकका सवाल वारेः

प्रथम संविधान सभाः
ज्येष्ठ नागरिकको हक, अधिकार मौलिक हकमा सुनिश्चित गर्न राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले मौलिक हक तथा राज्यको दायित्व, निर्देशक सिद्धान्त समिति, राष्ट्रपति, संविधान सभाका सभामुख, संविधान सभा समितिका सभापतिहरू, संविधान सभाका ६०१ सभासद लगायत नेपालका प्रमुख राजनितिक पार्टीका प्रमुख व्यक्तित्वहरू समक्ष ज्ञापन पत्र पेश गरेको थियो ।

साथै सम्वन्धित सरोकारवाला निकायहरू मा ज्येष्ठ नागरिकको विषयमा प्रत्यक्ष अन्र्तक्रिया, छलफल बहस, पत्रकार सम्मेलन जस्ता कार्यलाई निरन्तर जारी राखियो । तर त्यस बेलाको संविधान सभाको मस्यौदामा मौलिक हकको बेग्लै धारामा नपरेकोले महासंघले विभिन्न प्रकारको दबाबमूलक कार्य गरेको थियो । प्रथम संविधान सभाले संविधान निर्माण गर्न नसक्दा महासंघले दोस्रो संविधान सभाले निर्माण गर्ने नयाँ संविधानको मौलिक हकमा ज्येष्ठ नागरिकको अधिकार समावेश गराउन सांसदहरू संग अन्तक्र्रिया गरेको थियो । साथै संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिमा पनि यो विषयलाई संविधान सभाको दोस्रो निर्वाचन देखी लिएर संविधानको मस्यौदा जारी गरे पश्चातको सुझाव संकलनको बखतमा समेत निरन्तर रूपमा जारी राखियो ।

फलस्वरूप नेपालको संविधान, २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकको हकः “ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ” भनी ज्येष्ठ नागरिकको हकलाई मौलिक हकमा समावेश गरिएको छ ।

७. ज्येष्ठ नागरिक ऐन र नियमावली संशोधन एवं कार्यान्वयनमा पहलः

राज्यले जारी गरेको ज्येष्ठ नागरिक सम्वन्धी विद्यमान ऐन, २०६३ र नियमावली, २०६५ लाई सरोकारवाला निकायहरूको सुझाव तथा सल्लाहलाई समेत समेटी संशोधन तथा पुनरावलोकनका लागि राज्यका सम्वन्धित निकायहरूमा पठाइएको छ । साथै ऐन नियमले दिएको प्रदत्त सेवा सुविधालाई व्यवहारिक रूपमा कार्यान्वयन गराउन सरोकारवाला राज्यका निकायहरू समक्ष विषयगत अन्तर्कि्रया, गोष्ठी, ज्ञापन पत्र पेश लगायत संचारका विभिन्न माध्यमवाट रेडियो संवाद कार्यक्रम, पत्र पत्रिकामा अपिल जस्ता विशेष अभियानहरू संचालन गरिदै आएको छ ।

८. ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नमा पहलः

जीवनको उर्जाशील समयमा परिवार, समाज र राष्ट्रलाई हरेक क्षेत्रबाट योगदान दिएका ज्येष्ठ नागरिकहरू लाई सम्मान र आर्थिक सुरक्षाका लागि वि.स. २०५२ देखी ज्येष्ठ नागरिकहरूको लागि राज्यले दिदै आएको सामाजिक सुरक्षा भत्ता वर्तमान परिपे्रक्ष्यमा अपुग भएको ठहर गर्दै, उक्त भत्तालाइ समय सापेक्ष वृद्धि उमेर वर्गीकरणको आधारमा समेत निर्धारण गर्न प्रधानमन्त्री, अर्थ मन्त्री, राष्ट्रिय योजना आयोग लगायतका निकायमा प्रत्यक्ष भेट गरि ज्ञापन पत्र पेश एवं छलफल गरि विभिन्न प्रकारको दबाबमूलक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

९. टुहुरो ईश्वर नामक गिति एल्बम निर्माणः

बहुआयामिक समस्या र भावले उत्पीडित रहेका ज्येष्ठ नागरिकहरूको जीवन र जगत्का भोगाई तथा उनिहरूको संवेदनाहरूलाई विभिन्न कोणबाट सूक्ष्म रूपले स्पर्श गर्दैै सांङ्गीतिक रूपमा पस्कने प्रयास स्वरुप तत्कालिन राष्ट्रिय ज्येष्ठ नागरिक संस्था संजाल नेपाल र वरिष्ठ गितकार यादव खरेलको संयुक्त प्रयासमा खरेल द्वारा रचित आट वटा गीत समावेश भएको टुहुरो ईश्वर नामक गिति एल्बम निर्माण गरियो ।

एल्बममा नदी किनार झोक्राएको एउटा बुढो रुख, पाकालाई गन्ने गर्थे, कानेटोपी मात्र होइन, एउटा माछा छटपटाउछ चुढिदैन माझी जाल, बालकी आमा बुढाकी स्वास्नी नमरोस्, पच्चीस बर्षे जवानीमा जोवनले फकायो, बूढी व्यथा फुकाउछे, उमेर अली ढल्के पनि जवानी त गाछैन जस्ता बोलको गित समावेश गरिएको छ । एल्बमा समावेश सबै गितहरूमा राष्ट्रिय स्तरमा छबी बनाएका प्रसिद्ध गायक गायिकाहरूको सुमधुर स्वर रहेको छ ।
एल्बमको लोर्कापण पशुपति वृद्धाश्रमको प्राङगणमा गरिएको थियो । पशुपति वृद्धाश्रममानै आश्रित ९८ वर्षिय युवा ज्येष्ठ नागरिकद्वारा लोकार्पण गरियो ।

१०. ज्येष्ठ नागरिकको लागि खेलकुद कार्यक्रम सम्पन्नः

खेलकुद भन्नासाथ केटाकेटी र युवा युवतीहरूले मात्र खेल्ने सोच रहेको हाम्रो जस्तो अल्प विकसित मुलुकमा व्याप्त भईरहेको अवस्थामा स्पोर्टस फर अल कमिशन, वृद्ध नागरिक सेवा समाज, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ र दरवार मार्ग रोटरी क्लवको संयुक्त आयोजनामा २५ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अबसरमा ज्येष्ठ नागरिकको लागि खेलकुद कार्यक्रमको आयोजना गरिएको थियो ।

हात्तिवन, ललितपुर स्थित लिटिल एन्जेल स्कूलको परिसरमा आयोजित कार्यक्रममा उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाट गरि करिव ६०० को संख्यामा ज्येष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता रह्यो ।
उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको पृष्ठभूमि र महत्व एवं कार्यक्रमको उद्देश्यमाथिको प्रकाश कार्यक्रम सहअध्यक्ष एवं राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका महासचिव श्री छत्र बहादुर प्रधानले पार्नु भएको थियो । वहाले वृद्धावस्थातिर ढल्कंदै गरेका व्यक्तिहरूमा नैराश्य, एक्लोपना र शिथिलता आउनु स्वाभाविक नै हो । उनीहरूलाई त्यस्तो अवस्थाबाट अलग राख्दै अबको दिन मृृत्युको पर्खाइ होइन बरु नयाँ जीवनको सुरुवात हो भन्ने सोचको विकास गर्न र जीवनलाई सहज बनाउन सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको हो भन्नुभयो ।

सहभागितामूलक र प्रतिस्पर्धात्मक रूपमा ज्येष्ठ नागरिकलाई लक्षित गरि आयोजित खेलहरू हिडाई, चम्चा दौड, म्युजिकल चियर, गाग्रो फुटाउने जस्ता सबै खेलमा ज्येष्ठ नागरिकहरूले उत्साहका साथ भाग लिएका थिए । साथै अन्य मनोरञ्जन कार्यक्रम अन्तर्गत रहेका क्वीज, छोटो कथा, कविता, व्यंग्य र सांस्कृतिक नाचगान आदिमा पनि उल्लेख्यमा मात्रामा सहभागिता जनाएका थिए । कार्यक्रमलाई रोचक र आकर्षक बनाउने क्रममा गायिका नैना चित्रकार र कुन्ती मोक्तानद्वारा प्रस्तुत बाजो खेत, बाचुन्जेल जस्ता बोलका गीतले माहोललाई अझै तताएको थियो । उपस्थित अधिकांश ज्येष्ठ नागरिकहरू बसिराखेको स्थानबाट उठेर गायिका संगै नाच्न र गाउनमा रमाएका थिए ।
प्रत्येक खेल तथा मनोरञ्जनात्मक कविता, कथा र सांस्कृतिक नाचगानबाट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतियोगीहरूलाई सम्मानका साथ मेडल वितरण कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष डा. गौरीशंकर लाल दासबाट गरिएको थियो ।

११) अन्र्तराष्ट्रिय युथ्रीए सम्मेलन, २०१४ सम्पन्नः

विभिन्न देशका प्रतिनिधि सहितको ज्येष्ठ नागरिकको सवालमा सम्भवत नेपालमानै प्रथम पटक U3A (University of Third Age) को दुई दिने (अक्टोबर १७ देखि १८सम्मेलन) (RIDA) र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको समेत सहकार्य र समन्वयमा काठमाण्डौंमा सम्पन्न भयो । अन्र्तराष्ट्रिय स्तरको U3A International Conference मा नेपालका ज्येष्ठ नागरिकको समग्र अवस्थालाई समेत झल्कने गरि नेपालको तर्फबाट राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका महासचिवले एक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

१२) जनसार्क सम्मेलन सम्पन्नः

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलन मंसिर १० र ११ गते काठमाण्डौंमा भयो । सोही सम्मेलनलाई सहयोग पुग्ने गरि गैर सरकारी संस्था महासंघको आयोजना र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ समेतको सक्रिय सहयोग र सहकार्यमा मंसिर ६ देखी ८ सम्म काठमाण्डौमा दक्षिण एशियाली देशका नागरिकहरूको क्षेत्रीय जन सार्क सम्मेलन सफलतापूर्वक सम्पन्न भयो । सम्मेलनबाट ज्येष्ठ नागरिकको सवाललाई पनि उजागर हुने गरि महासंघले जनसार्कका विभिन्न समितिमा सहभागी रहेर सक्रियतापूर्वक सहयोग र सहकार्य ग¥यो ।

जनसार्कबाट जारी गरिने घोषणा पत्रमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको विशेष पहल र सक्रियतामा “ज्येष्ठ नागरिकहरूको हक हित र आवश्यकतालाई ध्यान दिई एक अर्काको अनुभवबाट ज्येष्ठ नागरिकहरू लाभान्वित हुनेगरि सार्क राष्ट्रभित्र ज्येष्ठ नागरिकको विषयमा काम गर्ने एक आधिकारिक ज्येष्ठ नागरिक सार्क परिषद् (Senior Citizens Council) गठन गर्ने” भन्ने विषय पनि समावेश भयो । उक्त व्यवस्थालाई सार्क शिखर सम्मेलको घोषणा पत्रमा समेत उल्लेख गर्न माननीय परराष्ट्र मन्त्रीज्यूलाई समक्ष ज्ञापन पत्र हस्तान्तरण गरियो । फलस्वरुप ज्येष्ठ नागरिकको विषयलाई पनि शिखर सम्मेलनको काठमाडौ घोषणा पत्रकोे २० नम्बरमा देहाय बमोजिम पार्न सफल भएको छ ।

Social Protection:

“20. The Leaders acknowledged the special needs of the elderly, women, children, differently-abled persons, unemployed persons, and persons working at hazardous sites and agreed to develop and strengthen social protection for them and to share best practices in this regard”.

१३) National Conference of All India Senior Citizens Confederation (AISCCON) मा सहभागिताः

केही वर्षदेखि यता भारतको AISCCON को विशेष निमन्त्रणामा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष डा. गौरीशंकर लाल दासज्यू को नेतृत्वमा महासंघका उपाध्यक्षद्वय र महासचिव लगायत महासंघका सदस्यहरू सहितको टोलीले वार्षिक रूपमा आयोजित National Conference of All India Senior Citizens Confederation (AISCCON) को दुई दिने कार्यक्रममा भाग लिइदै आएको छ ।

सम्मेलनको उद्घाटन महासंघका अध्यक्ष डा. गौरीशंकर लाल दासज्यू लगायत सम्मेलनको उद्घाटन सत्रमा सम्मिलित हुनु भएका राजस्थान सरकारका जनस्वास्थ्य अभियांत्रिकी एवं भू जल मन्त्री किरण महेश्वरी एवं राजस्थान हाईकोर्टका पूर्व न्यायाधीश एन के जैन समेतले संयुक्त रूपमा गर्नु भएकोे थियो । यस सम्मेलनमा महासंघका अध्यक्षले एउटा सार्क ज्येष्ठ नागरिक फोरम गठन गर्ने प्रस्ताव राख्नुहुदाँ सहभागी सबैले कर्तल ध्वनीका साथ उक्त प्रस्तावलाइ पारित गरेको थियो ।

नेपालको सन्दर्भमा ज्येष्ठ नागरिकको वर्तमान अवस्थालाई प्रकाश पार्दै, नेपाल र भारतबीच ज्येष्ठ नागरिकका सवालमा गर्नु पर्ने कार्यक्रमको बारेमा अभिव्यक्ति दिने गरिएको छ ।

१४) Open Ended Working Group को १० औं वैठकमा सहभागिताः

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा अप्रिल महिनाको १५(१८, २०१९ मा आयोजित Open Ended Working Group को १० औं समुहको ज्येष्ठ नागरिको लागि महासन्धिको आवश्यकताबारे भएको खुल्ला छलफलमा संयुक्त राष्ट्रसंघको मान्यता पश्चात प्रथम पटक राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको प्रतिनिधित्व गर्दै महासचिव छत्र बहादुर प्रधानले भाग लिनुभयो । उक्त अवसरमा आयोजित खुल्ला छलफलमा मन्तव्य दिने क्रममा महासचिवले राष्ट्रि«य ज्येष्ठ नागरिक महासंघको क्रियाकलापको बारेमा पनि उल्लेख गर्ने अवसर प्राप्त गर्नु भएको थियो ।
विशेष गरि दसौं समुहको छलफलमा सम्पन्न भएका कार्यकमको संक्षिप्त जानकारी बुंदागत रूपमा उल्लेख गरिएको छ ।

  • Working Group का अध्यक्ष Martin Garcia Moritan(Argentina) ले कार्यक्रमको शुरूवात गर्दै आप्mनो भाषण पनि राख्नु भएको थियो ।
  • कार्यक्रममा सहभागिता
    • संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रका प्रतिनिधिहरु
    • Representatives of Organizations of the UN system and Observers for intergovernmental and non governmental organizations.
  • Working Group ले Roseny B. Fangco (Philippines), Lidija Dravec( Slovenia) र Maria Luisa Potocarrero (Portugal) लाई उपाध्यक्ष र Renne Abbey (Ghana) लाई Rapporteur मा निर्वाचित गरेको थियो । भने अध्यक्षमा Martin Garcia Moritan(Argentina) हुनुहुन्थ्यो ।
  • यस कार्यक्रममा १४ बटा राष्ट्रिय मानवअधिकार संस्थाहरूको सहभागिता रहेको थियो ।
  • त्यसै गरि ३६ बटा गैह्र सरकारि संस्थाहरू सहभागि भएका थिए ।सहभागिहरूको लिष्ट संलग्न छ ।
  • एघारौं समुह९इउभल भ्लमभम ध्यचपष्लन न्चयगउ० खुल्ला छलफल समूहआगामि ६ देखि ९ अप्रिल २०२० मा संयुक्त राष्ट्रसंघको ुप्रधानकार्यालयमा सम्पन्नहुनगई रहेकोछ ।

१५) त्रिवर्षिय राष्ट्रिय योजनामा सुझावः

ज्येष्ठ नागरिकका सवाललाई राष्ट्रिय नीति तथा कार्यक्रममानै समावेश गर्न राज्यको नवौं पञ्चवर्षीय देखी हालसम्मका विभिन्न त्रिवर्षीय योजनामा महत्वपूर्ण सल्लाह तथा परामर्श दिईदै आइएको छ । ति सुझावहरू मध्ये केहीलाई समावेश गरिएको भएता पनि कार्यान्वयन पक्ष फितलो छ ।

१६) ज्येष्ठ नागरिकलाई यातायातमा छुट तथा सेवा सुविधा विषयक सरोकारवाला निकाय विच अन्र्तक्रिया कार्यक्रमः

राज्यले ज्येष्ठ नागरिक ऐन, २०६३ जारी ग¥यो । उक्त ऐनको दफा २ को खण्ड (क) मा साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भनी परिभाषा गरेको र सोही ऐनको दफा ९ (२) मा नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको सार्वजनिक सवारीमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकलाई दुईवटा सिट सुरक्षित गरी निजलाई ५० प्रतिशत भाडा छुट दिनु पर्नेछ भन्ने व्यवस्था राखिएको छ ।

सम्मानित सर्वोच्च अदालतबाट मिति २०६७ चैत्र २४ गते ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा ९(२) को व्यवस्थालाई सार्वजनिक सूचना प्रकाशित गरी यथाशीघ्र कार्यान्वयन गर्न आवश्यक नीति, नियम र अनुगमन संयन्त्र बनाई लागू गर्नु भनी परमादेश समेत जारी भएको छ । साथै मौजुदा ऐन र नियमावलीले निर्दिष्ट गरेको व्यवस्थाहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र परेको सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई छुट र सुविधा प्रदान गर्न कार्यविधि समेत बनाइसक्दा पनि राज्यले उक्त नीति नियम लागु गर्न नसक्दा नेपालको कुल जसंख्याको ८.१३ प्रतिशत ओगटेका ज्येष्ठ नागरिक मध्ये अधिकांशले आफ्नो दैनिक क्रियाकलाप संचालन गर्न प्रयोग गर्ने सार्वजनिक यातायातको साधनमा (प्रायजसो सार्वजनिक यातायातमा कार्यरत मजदुरद्वारा दिन प्रतिदिन दुव्र्यवहार र अपमानित भएर यात्रा गर्नु पर्ने वाध्यता छ) उक्त कार्यविधि अनुसार सुविधा पाएका छैनन् ।

सार्वजनिक यातायातमा यात्राको क्रममा झेल्नु परेको समस्यालाई न्यूनीकरण गर्न यातायातसंग सरोकार रहेका विभिन्न निकायहरूलाई एकै स्थानमा भेला गराई वास्तविक अवस्था दर्शाउने र यातायात व्यवसायीहरूबाट ज्येष्ठ नागरिकलाई यातायातमा छुट, आरक्षण र सुविधा उपलब्ध गराउने वातावरण सृजना गराउने उद्देश्यले राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयुक्त आयोजनामा “ज्येष्ठ नागरिकलाई प्रदान गर्नु पर्ने सेवा सुविधा र अधिकार हामी सवैको सरोकार” भन्ने मूल नाराका साथ ज्येष्ठ नागरिक र यातायात सुविधा विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमका सभाध्यक्ष महासंघका अध्यक्ष डा. गौरी शंकर लाल दासले गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख आतिथ्य माननीय उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका मन्त्री माननीय प्रकाशमान सिंहले ग्रहण गर्नुभयो । अतिथिमा माननीय सभासद् लक्ष्मण राजबंशी, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव श्री धन बहादुर तामाङ्ग र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका तुलसी सिटौला, प्रमुख जिल्ला अधिकारीहरू, महानगरीय ट्राफिक महाशाखाका प्रमुख, प्रहरी नायवमहानिरीक्षक श्री जय बहादुर चन्द, स्थानीय विकास अधिकारीहरू, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिव श्री सरोज सिटौला लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

१७) भूकम्प पीडित ज्येष्ठ नागरिकलाई नगद हस्तान्तरणः

२०७२ वैशाख १२ गते गएको विनाशकारी ठूलो भूकम्पले गर्दा, यसबाट वढी प्रभावित जिल्लाहरूमा भौतिक संरचना ध्वस्त भई असंख्य मात्रामा जनधनको क्षति भयो । यसले करिब असी लाख व्यक्तिलाई प्रभावित ग¥यो । जसमा भूकम्पले ८,८,९१ जनाको ज्यान गएको २२,३०३ जना घाईते भएका र ६,२०,५६७ पूर्ण रूपमा घर ध्वस्त भएको सरकारी तथ्यांक छ । यसमा नेपालका १४ जिल्ला सब भन्दा बढी प्रभावित भएका थिए ।

यस विषम परिस्थितिलाई मध्यनजर गरेर राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ र हेल्प एज ईन्टरनेशनलको सक्रिय सहभागिता र ज्येष्ठ नागरिक जिल्ला संघ एवं स्थानीय अन्य संस्थाहरूको सहयोगमा विशेष गरी वढी प्रभावित जिल्लाहरू सिन्धुपाल्चोक, गोरखा, ललितपुर, नुवाकोट, मकवानपुर, दोलखा र सिन्धुली का केही गा.वि.स. मा द्दण्ज्ञछ भ्बचतजत्रगबपभ चभकउयलकभ उचयवभअत नामक परियोजना संचालन गरि ज्येष्ठ नागरिक भएका परिवारमा ज्येष्ठ नागरिककै नाममा केही आर्थिक सहयोग निःशर्त नगद हस्तान्तरण गर्ने कार्य सम्पन्न गरियो । जसमा करिव छ करोड नेपाली रुपैया विगतरण भयो ।

१८) दक्षिण एसिया ज्येष्ठ नागरिक कार्यशाला (South Asia Senior Citizens Workshop) सम्पन्नः

सार्कको इतिहासमानै पहिलो पटक नेपाल सरकार, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको संयुक्त आयोजनामा दक्षिण एसियाली मुलुकका ज्येष्ठ नागरिक सम्वन्धी कार्य गर्ने संघ संस्थामा कार्यरत सार्क राष्ट्रका संस्थाहरूको सहभागितामा आयोजित मिति २०७३ आषाढ २७ र २८ गते (११ र १२ जुलाई २०१६) दुई दिने ज्येष्ठ नागरिक दक्षिण एसिया कार्यशाला काठमाण्डौंमा सफलताका साथ सम्पन्न भएको छ ।

कार्यशाला गोष्ठीमा सहभागी सार्क राष्ट्रका प्रतिनिधिहरूबाट आ–आफ्ना देशको ज्येष्ठ नागरिकको वास्तविक अवस्था, ज्येष्ठ नागरिक सम्वन्धी रहेका कानुनी व्यवस्था, ज्येष्ठ नागरिकलाई राज्यले प्रदान गरेको सेवा सुविधा र भावि दिनमा सार्क राष्ट्रमा कार्यरत संघ संस्थाहरूको सहकार्यमा गर्न सकिने कार्यहरू जस्ता विषयमा केन्द्रित रही प्रस्तुत गरिएको कार्य पत्र (Country Paper) द्वारा एक आपसमा जानकारी प्राप्त भएको छ । साथै सार्क मुलुकका ज्येष्ठ नागरिकहरूको समस्या समाधान गर्ने तर्पm एक अर्काका अनुभव र दक्षताको आदान प्रदानले ठूलो भूमिका खेल्न सक्छ भन्ने विश्वास लिइएको छ ।

कार्यशालाले सार्क राष्ट्रभित्रका ज्येष्ठ नागरिकको समग्र विकास, अधिकार र मर्यादित जीवनका लागि कार्य गर्न गराउन १० बुदे घोषणा पत्र जारी गर्दै, सार्क राष्ट्रका सबै प्रतिनिधि रहने गरि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष डा. गौरीशंकर लाल दासको अध्यक्षतामा एक दक्षिण एसिया ज्येष्ठ नागरिक कार्य समूह (South Asia Senior Citizens Working Group) गठन गरेको छ ।

१९. “भूकम्पको त्रासदीमा ज्येष्ठ नागरिकको अवस्था— एक अध्ययन”

वि.स. २०७२ बैशाख १२ र २९ को महाभूकम्प र त्यसपछिका पराकम्पनबाट प्रभावित १४ जिल्ला जिल्लालाई लक्षित गरि भूकम्पको समयमा ज्येष्ठ नागरिकको अवस्था कस्तो रह्यो ? कतिको संख्यामा ज्येष्ठ नागरिक प्रभावित भए ? त्रासदीपूर्ण अवस्थामा ज्येष्ठ नागरिक कसरी बाँच्न सफल भए र त्यस पछि राहत एवं अन्य चरणमा ज्येष्ठ नागरिकको अवस्था कसरी वित्यो आदि विषयमा खोज तथा अनुसन्धान गर्न वाञ्छनीय देखिएकोले राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले “भूकम्पको त्रासदीमा ज्येष्ठ नागरिकको अवस्था— एक अध्ययन” सम्पन्न गरेको छ ।

२०. नेपालमा ज्येष्ठ नागरिकहरूको अवस्था र सुधारका क्षेत्रहरू विषयक अध्ययनः

नेपालमा ज्येष्ठ नागरिकका धेरै मात्रामा विभिन्न समस्या र अभाव रहेता पनि त्यसलाई सरकारले प्रभावकारी रूपमा सम्बोधन गर्न नसकिरहेको अवस्था एकातिर छ भने ज्येष्ठ नागरिकको वास्तविक अवस्था के छ ? उनीहरूको आवश्यकता र चाहना के हुन् भन्ने विषयमा हालसम्म पनि एकिन जानकारी उपलब्ध छैन ।

यसै परिप्रेक्ष्यमा ज्येष्ठ नागरिकको वर्तमान अवस्थाबारे जानकारी लिने र अध्ययनबाट प्राप्त नतिजाले नेपाल सरकारको लागि उपयुक्त नीति तथा कार्यक्रमहरू बनाउन एवं प्रभावकारी रूपमा कार्यक्रम संचालन गर्न सघाउ पु¥याउने उद्देश्यका साथ राष्ट्रिय मानव अधिकार आयोगसंगको सहकार्यमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले नेपालका सातै प्रदेशलाई समेट्ने गरि पाईलट परियोजना स्वरूप १० जिल्लामा नेपालमा ज्येष्ठ नागरिकहरूको अवस्था र सुधारका क्षेत्रहरू विषयक अध्ययन र अनुसन्धान सम्पन्न गरिएको छ ।

२१. ज्येष्ठ नागरिक मिलन समारोहः

विभिन्न क्षेत्रमा योगदान पु¥याएर अथाह ज्ञान सीप र अनुभव संगालेका विशिष्ट व्यक्तित्वहरू हाल निवृत्त जीवन व्यतित गर्ने ज्येष्ठ नागरिकहरूको जमात धेरै ठुलो संख्यामा रहेका छ । यस्ता व्यक्तिहरू वीच एक आपसमा भेटघाट गर्ने अवसर नहुँदा साथी संगिनी र दौतरीलाई समेत विर्सिने अवस्था सृजना भएको देखिन्छ ।ज्येष्ठ नागरिक सम्वन्धी काम गर्ने विभिन्न संस्थाहरू रहेका छन् र सवै संस्थाका प्रतिनिधि एवं आवद्ध ज्येष्ठ नागरिकहरू एकै थलोमा उभिएर भेटघाट र सम्बादका साथ रमणीय वातावरणमा रमाउनाले ति ज्येष्ठ नागरिकको मनोवलमा थप उर्जा प्रदान गर्ने विषयलाई पनि दृष्टिगत राख्दै, नेपालको सन्दर्भमा २०६० साल देखिनै ज्येष्ठ नागरिकको सवाललाई विजारोपण गर्ने र ज्येष्ठ नागरिकको हक अधिकारको संरक्षण र सम्बद्र्धनका लागि सरोकारवाला निकायसंग हातेमालो गर्ने कार्यमा अग्रणि भूमिका रहेको राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको स्थापना दिवस पौष १२ गतेलाई आधार स्तम्भ मानेर आदरणीय राष्ट्रकवि श्री माधव प्रसाद घिमिरे, राष्ट्रका विभिन्न क्षेत्रको उच्च ओहोदामा योगदान पु¥याएर अथाह ज्ञान, सीप र अनुभव संगालेका विशिष्ट व्यक्तित्वहरू, ६७ जिल्लाका ज्येष्ठ नागरिक जिल्ला संघका प्रतिनिधिहरू, ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत विभिन्न संस्थाका प्रतिनिधि, समाजका विशिष्ट एवं प्रतिष्ठित ज्येष्ठ नागरिकहरू लगायत अन्य सरोकारवाला निकायहरू गरि करिव ४५० जनाको वृहत सहभागितामा आम्रमपाली व्याङ्क्वेट, भाटभटेनीमा नेपालकै ईतिहासमा प्रथम पटक भव्य र सभ्य रूपमा ज्येष्ठ नागरिक मिलन समारोह कार्यक्रम सम्पन्न भएको थियो ।

समारोहले ज्येष्ठ नागरिकहरू मन भित्र रहेका विभिन्न कुराहरूलाई आ–आफ्ना साथी संगिनी विच आदान प्रदान गर्न पाउने बातावरण सृजना भई उनिहरूको मनलाई शान्त राख्न सहज देखिएको छ । लामो समय सम्म पनि भेटघाट हुन नसकेका साथीहरूसंग भेटघाट हुने अवसर प्राप्त भई उनिहरू एकआपसमा रमाएका थिए । ज्येष्ठ नागरिकको बारेमा राज्यले प्रदान गरेका सेवा सुविधा लगायत केही समस्या परेको खण्डमा त्यसलाई समाधान गर्न सहयोग गरिदिने संस्थाको बारेमा जानकारी प्राप्त भयो । प्रत्येक वर्षको पौष १२ गतेलाई ज्येष्ठ नागरिक राष्ट्रिय दिवस मनाउन सरकारलाई जोडदार दवाव सृजना भई यस तर्फ मन्त्रालयको सचिवले दिवस मनाउने तर्फ सकारात्मक टिप्पण दिएका थिए । एउटा ज्येष्ठ नागरिकलाई परेको समस्यालाई समाधान गर्न अर्काे ज्येष्ठ नागरिकले सहयोग गर्ने वातावरण सृजना भएको ।

२२. ज्येष्ठ नागरिक वृद्धाश्रम एवं दिवासेवा केन्द्रहरूको समस्या समाधान राष्ट्रिय कार्यशाला गोष्ठी

नेपालभर सञ्चालित वृद्धाश्रम तथा दिवा सेवा केन्द्रका सञ्ंचालकहरूबीच एक अर्कामा भेटघाट गरी आ–आफ्नो अनुभवको साटासाट गर्नबाट बञ्चित भईरहेको अवस्थालाई दृष्टिगत गर्दै, ज्येष्ठ नागरिकको मानव अधिकार, आर्थिक, स्वास्थ्य, सामाजिक सुरक्षा र सम्मानजनक जीवन यापनको अधिकारको सुनिश्चितताका लागि देशभरको छाता संगठन राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले देशभर सञ्चालित वृद्धाश्रम एवं दिवा सेवा केन्द्रहरूबीच एक आपसमा समन्वय, सहकार्य र सहयोगको वातावरण सृजना गर्नमा पनि सहयोग पुग्ने र राज्यलाई पनि सञ्चालित वृद्धाश्रम एवं ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्रभावकारी रूपमा संचालन गर्न उत्पन्न समस्यालाई पहिचान गर्ने त्यसको समाधान कसरी र क–कस्को माध्यमबाट सम्बोधन गर्ने, यसको लागि सरकारले निर्वाह गर्नु पर्ने भूमिका लगायतका विषयमा समेत सल्लाह सुझाव सहित संकलन गरी सरकारले निर्माण गर्नु पर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तथा कार्यक्रम तय गर्न सहयोग पु¥याउने ध्येयका साथ आयोजित “ज्येष्ठ नागरिकका लागि सञ्चालित वृद्धाश्रम एवं दिवा सेवा केन्द्रहरूको समस्या समाधान राष्ट्रिय कार्यशाला गोष्ठी” बागमती प्रदेशको राजधानी मकवानपुर, हेटौंमा मिति २०७६ माघ ७ गते सम्पन्न भयो ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष श्री मदनदास श्रेष्ठज्यूले सभाध्यक्षता गर्नु भएको ज्येष्ठ नागरिक कर्याशाला गोष्ठीको प्रमुख आतिथ्य वागमती प्रदेशका मुख्यमन्त्री माननीय डोरमणी पौडेलज्यूले ग्रहण गर्नुभएको थियो ।
गोष्ठीको समुद्घाटन सत्रमा महासंघका महासचिव श्री छत्र बहादुर प्रधानले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।

गोष्ठीमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका सल्लाहकार, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त एवं नेपाल सरकारका पूर्व अर्थ सचिव श्री कृष्णहरी बास्कोटाज्यूद्वारा “ज्येष्ठ नागरिकका लागि राज्यले प्रदान गरेका सेवा सुविधा, संचालित वृद्धाश्रम र दिवासेवा केन्द्रको मापदण्ड एवं कानुनी व्यवस्था सहित भावि दिनमा ज्येष्ठ नागरिक प्रति सरकारको दायित्व” विषयक कार्यपत्र प्रस्तुति गर्नु भएको थियो । करिव १३० पृष्ठमा समावेश गरिएको ज्येष्ठ नागरिक वृद्धाश्रम, दिवासेवा केन्द्र सम्वन्धी सरकारको वर्तमान नीति नियम र प्रावधान, वृद्धाश्रम तथा दिवा सेवा केन्द्र संचालकलाई प्रदान गरिएको सल्लाह सुझाव र राज्य संचालनमा रहेका नीति निर्माता र शासकहरूलाई समेत ज्येष्ठ नागरिकको सवालमा राज्यले लिनुपर्ने ठोस नीति जस्ता व्यवहारिक र सैद्धान्तिक विषयमा गहकिलो उदाहरण सहितको दृष्टान्तद्वारा प्रस्तुत कार्यपत्रले गोष्ठीमा उपस्थित समग्र सरोकारवाला निकायलाई झकझक्याइएको थियो ।

गोष्ठीको दोस्रो सत्रमा प्रदेश स्तरिय छलफल गरि प्रादेशिक रूपमा विचार विमर्श गरि निचोड निकाल्ने उद्देश्यका साथ सातै प्रदेशमा एकै पटक छुट्टा–छुट्टै स्थानमा गोष्ठीको छलफलफल कार्यक्रम प्रारम्भ गरिएको थियो । व्यापक छलफल पश्चात् प्रादेशिक छलफलबाट तयार पारिएको प्रदेश स्तरिय निष्कर्श सहितको प्रदेश स्तरिय प्रतिवेदनलाई आ–आफ्नो प्रदेशको धारणा प्रस्तुत गरिएको थियो ।

दोस्रो सत्रको गोष्ठी छलफलबाट आएका विषयलाई गोष्ठीको तेस्रो सत्रमा प्रस्तुति गराई त्यसबाट निष्कर्ष निकाल्ने उद्देश्यका साथ आयोजित गोष्ठीको तेस्रो सत्रको कार्यक्रमलाई राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष श्री मदनदास श्रेष्ठज्यूले गर्नु भएको थियो ।

उपर्युक्त सात वटै प्रदेशबाट प्रस्तुत प्रतिवेदन माथि टिप्पणी, जिज्ञासा, सुझाव र प्रश्नोत्तरको सम्वन्धित प्रदेशका प्रस्तोताबाट स्पष्ट पारेसंगै, प्रदेश स्तरिय छलफलबाट आएका प्रतिवेदनलाई अध्ययन गरि साझा अवधारणा–चित्र सहित गोष्ठीको हेटौंडा घोषणा पत्र जारी गरियो ।

२३. वार्षिक भित्ते पात्रो प्रकाशनः

महासंघले संचालन गरेका गतिविधिको झलक प्रस्तुति, ज्येष्ठ नागरिक सम्वन्धी विभिन्न सन्देशहरूका साथै ज्येष्ठ नागरिक सम्वन्धी वार्षिक दिवसहरू एवं अन्य विदा, पर्व आदि बारे जानकारी समावेश भएको भित्ते पात्रो प्रकाशन विगत दश वर्ष देखि प्रकाशन गर्दै, सरोकारवाला निकायहरूमा वितरण गरिदै आएको छ ।

२४) स्मारिका प्रकाशनः

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको सम्पूर्ण गतिविधि, आगामी रणनीति, ज्येष्ठ नागरिक सम्वन्धी बर्तमान ऐन, नियम समावेश गरिएको तथा लेखकहरूबाट विभिन्न क्षेत्रलाई समेटिएका लेख, रचना समेतको जानकारी मूलक स्मारिका वार्षिक रूपमा प्रकाशन गर्ने क्रममा हाल साँतौ संस्करण पुगेको छ ।

२५) अन्य कार्यक्रमहरूः

  • ज्येष्ठ नागरिकका विषयमा देखिएका समस्यालाई राज्यबाट सम्बोधन गर्न ज्येष्ठ नागरिकका समग्र मागहरूलाई समेटी प्रधानमन्त्री लगायत अन्य सरोकारवाला मन्त्रालयहरूमा ज्ञापन पत्रको रूपमा पेश गरिदै आईरहेको छ ।
  • तत्कालीन संजालको अवस्थामा राज्यले ज्येष्ठ नागरिक सम्वन्धी ल्याएको ऐन, २०६३ र नियमावली, २०६५ को निर्माणको कार्यमा मस्यौदा समितिमा रही योगदान पु¥याएको ।
  • हाल समाजमा विद्यमान रहेको अन्तर पुस्ताको समस्यालाई न्यूनीकरण गर्न “ज्येष्ठ नागरिकहरूको सवालमा, युवाहरूको भूमिका” लगायतका विभिन्न विषयहरूमा गोष्ठीहरू संचालन गरिएको थियो ।
  • असहाय, बेवारिसे ज्येष्ठ नागरिकहरूको लागि आकस्मिक सेवा लगायत उचित व्यवस्थापनका लागी नेपाल प्रहरी संग प्रत्यक्ष गोष्ठी तथा वैठक वसी एक संयत्र निर्माण गरिएको छ ।
    ज्येष्ठ नागरिकसम्वन्धी नीति निर्माण, विश्लेषण तथा अनुगमनमा राज्यलाई सघाइरहेको छ ।
  • Protection Cluster: भूकम्पको सिलसिलामा संयुक्त राष्ट्र संघबाट गठित ११ क्लष्टर मध्ये Inclusion Cluster  र Protection Cluster मा महासंघले सक्रिय रूपमा भाग लिईएको ।
  • गठित ज्येष्ठ नागरिक जिल्ला संघहरू मध्ये कतिपयले नगरपालिका र गा.वि.स. स्तरमा पनि ज्येष्ठ नागरिक इकाई विस्तार गरेका छन् ।
  • विभिन्न खाले दुव्र्यवहार, हिंसा जस्ता घटनाबाट पीडित ज्येष्ठ नागरिकको समस्यालाई समाधान गराउन परिवार परामर्श कार्यक्रम लगायत सम्वन्धित सरोकारवाला निकायहरूमा ज्येष्ठ नागरिक माथि हुने दुव्र्यवहार रोक्न पहल गरेको ।

महासंघको लक्षित भावि कार्यक्रमहरू

१. संवैधानिक एवं कानूनी क्षेत्रः

  • नेपालको संविधानको धारा ४१, मौलिक हकमा ज्येष्ठ नागरिककोे अधिकार सुनिश्चित गरिएको छ । उक्त धारा ४१ मा ज्येष्ठ नागरिकलाई दिएको अधिकार विशेष संरक्षण र सामाजिक सुरक्षाको हकलाई प्रचलन गराउन आवश्यक ऐन तर्जुमा गर्ने वा संशोधनको लागि संसदमा विचाराधिन रहेको मौजुदा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधनमा थप समावेश गर्न विशेष पहल गर्ने ।
  • ज्येष्ठ नागरिक माथि हुने विभिन्न खाले हिंसा, दुव्र्यवहार जस्ता क्रियाकलापलाई रोक्न र ज्येष्ठ नागरिकको जीवन सुखमय र सम्मानित वनाउन, ज्येष्ठ नागरिकले आर्जेको सम्पत्तीलाई ईच्छापत्र (Will system) को व्यवस्था गराउने । जुन, ईच्छापत्र ज्येष्ठ नागरिकले चाहेका बखत सहजै रद्ध हुने कानूनी व्यबस्था मिलाउने ।
  • यस्तो ईच्छापत्रका २ वटा विकल्प हुनु उपयुक्त देखिन्छ । पहिलो विकल्प अनुसार, यस्तो ईच्छापत्र आप्mनो सन्ततीलाई प्रदान गर्ने
  • दोस्रो विकल्प अनुसार आप्mनो सम्पत्ति सरकारले कानून निर्माण गरी खडा गरेको अधिकारिक ट्रष्टको नाममा जम्मा गर्ने । यो ट्रष्टमा जम्मा गरे पश्चात् त्यो ज्येष्ठ नागरिकको बाँकी जीवन सम्मान र मर्यादितपूर्वक व्यतित गराउने सम्पूर्ण भरण पोषण तथा हेरचाहको जिम्मेवारी सरकार (ट्रष्ट मार्फत) ले गर्नु पर्दछ ।
  • यी सबै प्रयासको मूल ध्येय आम ज्येष्ठ नागरिकलाई आआप्mनै घरमा परिवारद्धारा ससम्मान स्याहार गर्ने प्रबन्ध गर्नु हुनेछ ।

२. आर्थिक क्षेत्रः 

  • सामाजिक सुरक्षा भत्तामा समयानुकुल बृद्धि भई हाल रु. ४०००/- सम्म पुगेको छ । यसलाई कम्तिमा ज्येष्ठ नागरिकको जीविकोपार्जन गराउन सक्ने गरी विभिन्न उमेर समूह बमोजिम वैज्ञानिक ढंङ्गले वृद्धि गर्न पहल गर्ने ।
  • कुनै ज्येष्ठ नागरिकले व्यबसाय वा स्वरोजगार गर्ने भए रु ५ लाखदेखि रु २५ लाख सम्मको श्रृण सरल व्याजदरमा दिने गरी ज्येष्ठ नागरिक च्यालेन्ज फण्ड खडा गर्ने र प्राईम लोकेशनमा व्यबसाय संचालन गर्ने व्यवस्था मिलाउने ।
  • ज्येष्ठ नागरिकले व्यबसाय गर्न सक्ने गरी बैक र वीमा कम्पनीहरुसंग सहजिकरण गरी सजिलै धितो राख्ने व्यवस्था गर्ने तथा व्यबसाय एवं स्वास्थ्य जीवन वीमा गराउने व्यवस्था मिलाउने ।
  • विभिन्न वैंक तथा वित्तीय संघ संस्थाहरूमा ज्येष्ठ नागरिकहद्वारा संचय गरी राखेको रकम निजको शेष पश्चात उक्त रकम प्राप्त गर्ने नजिकका हकवाला नभएका सो रकम ज्येष्ठ नागरिक कोष खडा गरी जम्मा गर्ने प्रबन्ध मिलाउने ।
  • ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणमा प्रयोग गराउँदै ज्येष्ठ नागरिकलाई अर्थाेपार्जन क्रियाकलापमा संलग्न गराउने । जस्तै, तीनै तहका सरकारले परामर्शदाता, सल्लाहकार, स्वयंसेवक, संचालक सदस्य लगायतका पदमा नियुक्ति गर्दा सर्बप्रथम ज्येष्ठ नागरिकलाई अग्राधिकार दिने नीति लिनुपर्दछ । यस्का लागि तीनै तहका सरकारहरुसंग सम्पूर्ण ज्येष्ठ नागरिकहरू नागरिकहरूको प्रोफाईल तयार रहेको हुनुपर्दछ ।
  • ज्येष्ठ नागरिकले घर कुर्ने, नाति नातिनीको स्याहार गर्ने, परिवारकोतर्फबाट सामाजिक कार्य गर्ने लगायतलाई आयमा रुपान्तरित गरी राष्ट्रिय आम्दानी र कुल ग्राहस्थ उत्पादन (जि.डि.पि.) मा समावेश गर्ने प्रबन्ध गर्ने ।

३.स्वास्थ्य क्षेत्रः

  • ज्येष्ठ नागरिकहरूलाई नेपालका केन्द्रीय, प्रादेशिक र स्थानीय तहका अस्पतालहरूमा जेरियाट्रिक वार्डको व्यवस्था गर्न र सवै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचारको व्यवस्था गर्न गराउन (आ.ब. ०७८/७९ को बजेटमा सम्बोधन भएको) आबश्यक पहल गर्ने ।
  • निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ज्येष्ठ नागरिकहरूलाई कम्तिमा ५० प्रतिशत छुट तथा सुविधाको लागि अविलम्ब स्वास्थ्य नीति बनाई लागु गराउने ।
  • सरकारले हाल अल्जाईमर रोगीलाई उपलव्ध गराउँदै आएको रु एक लाखलाई कम्तिमा ५ लाख पु¥याई उक्त रकम प्राप्त गर्नमा सरल बिधि वनाउन पहल गर्ने ।
  • हाल सरकारले तोकेको २४ अस्पतालको जेरियाट्रिक वार्डको व्यवस्था अनुरुप सोही बमोजिमका ज्येष्ठ नागरिक विशेषज्ञ डाक्टर र नर्सको दरवन्दी सृजना गराई सेवा प्रभावकारी वनाउने ।
  • ज्येष्ठ नागरिकलाई आवश्यक मल्टी भिटामिन र क्याल्सियम स्थानीय तहका विभिन्न स्वास्थ्य तथा उपस्वास्थ्य चौकीबाट वितरण गर्ने व्यवस्था मिलाउने ।
  • बालबालिकालाई लगाईने विभिन्न खोप जस्तै ज्येष्ठ नागरिकलाई पनि रुघा र निमोनिया विरुद्धको खोप (फिल्यू भेक्सिन)सवै अस्पतालबाट वर्षेनी निःशुल्क लगाउने व्यवस्था मिलाउने ।
  • ज्येष्ठ नागरिकको हालको रु १ लाखको वीमालाई क्रमशः रु ५ लाख र रु १० लाख पु¥याउने व्यवस्था मिलाउने ।
  • ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने प्रायजसो, प्रेसर, सुगर, कोलेस्ट्रोल, दम, मुटु रोग विरुद्ध सेवन गर्ने औषधीहरूलाई जेनेरिक औषधी उत्पादन गर्ने व्यवस्था मिलाई केही निश्चित प्रतिशत छुट दिने प्रवन्ध मिलाउने ।
  • अल्जाईमर, मुटुरोग, मृर्गाैला लगायतका ८ वटा कडा रोगमा सरकारले विशेष उपचार गर्ने व्यवस्था मिलाई ज्येष्ठ नागरिकहरुलाई हाल उपलब्ध गराईदै आएको रु. १ लाखलाई कम्तिमा ५ लाख पु¥याउने व्यवस्था मिलाउने ।

४. शिक्षाको क्षेत्रः

  • सबै ज्येष्ठ नागरिकले शिक्षाबाट बञ्चीत हुन नदिने तथा निरक्षर ज्येष्ठ नागरिकको पहिचान गरी अनौपचारिक शिक्षा तथा तालिमको व्यवस्था मिलाउने ।
  • समयसंगै विकशित विभिन्न संचारको माध्यमहरू कम्प्युटर, मोबाईल जस्ता उपकरण र डिभाईस चलाउनमा टोल–टोलमा प्रशिक्षण दिने व्यवस्था मिलाउने ।
  • प्रत्येक स्थानीय तहबाट वृद्धावस्था व्यवस्थापन एवं ज्येष्ठ नागरिक स्याहारकर्ता तालिम संचालन गराउने ।
  • ज्येष्ठ नागरिक सम्वन्धी प्रकाशित समग्र सूचना, तथ्यांक एवं साहित्यहरूको ब्यवस्थापन तथा वितरणको लागि (आवश्यक सूचना तथा सामग्री संकलन एवं व्यवस्थित गर्न) महासंघमा स्रोत केन्द्रको स्थापना गर्ने ।
  • विद्यालयको प्रा.वि. स्तरदेखि उच्च शिक्षासम्मनै नैतिकशिक्षाको साथमा ज्येष्ठ नागरिक वुढ्यौली शिक्षा (ज्येष्ठ नागरिकलाई सम्मान गर्ने र जीवन जीउने कला) अनिवार्य रूपमा पाठ्क्रममा समावेश गराई लागू गराउने ।

५. ज्येष्ठ नागरिकबाट अन्तरपुस्ता ज्ञान र सीपको हस्तान्तरणः

  • प्रत्येक स्थानीय तहमा ज्येष्ठ नागरिकको लागि भेटघाट, अनुभवको आदन प्रदान, मनोरन्जन लगायतका लागि ज्येष्ठ नागरिक अत्याधुनिक दिवा सेवा केन्द्र स्थापना गर्नुपर्छ । जहाँ युवा, केटाकेटी लगायत भ्रमणमा आउने आकर्षक थलो निर्माण हुनुपर्दछ यसले ज्येष्ठ नागरिकले साट्ने अनुभव र ज्ञानबाट नयाँ पुस्ताले सिक्न पाउने अवसर सृजना हुन्छ ।
  • अन्तरपुस्ता ज्ञान र सीप हस्तान्तरणका लागि विभिन्न विधामा अनुभव संगालेका ईच्छुक र योग्य ज्येष्ठ नागरिकहरूबाट उनीहरूले हासिल गरेका विभिन्न कला र सिपलाई हस्तान्तरण गराउन सम्वन्धित स्कूल र क्याम्पसमा कक्षा लिने व्यबस्था गर्ने ।
  • ज्येष्ठ नागरिकद्वारा लिखित कथा, उपन्यास, कविता, मुक्तक एवं विषयगत विद्याका पुस्तकलाई उपयोगी ठहर गरी प्रकाशन गरिदिने व्यवस्था मिलाउने ।
  • ज्येष्ठ नागरिकको अनुभव प्रकाशित र प्रशारित गर्न आम संचार माध्यमलाई उत्प्रेरित गर्ने नीति अख्तियार गर्ने ।

६. अन्यः

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई मुलुकको विकास निर्माणको साथै समाज परिवर्तनको लागि राज्यको हरेक तह र तप्कामा ज्येष्ठ नागरिकको अनिवार्य सहभागिता गराउन देहायका विषयहरूमा अभियान संचालन गर्ने ।

  • ज्येष्ठ नागरिक माथि भएका दुव्र्यवहार सम्वन्धी आवश्यक कानुनी सल्लाह तथा परामर्श सेवा निशुल्क पाउने प्रबन्ध गर्नुपर्छ ।
  • साथै, उनीहरुलाई कुनै प्रकारको आकस्मिक समस्या आईपरेमा सम्पर्क राख्ने ज्येष्ठ नागरिक हेल्पलाईनको स्थापना गर्ने ।
  • अशक्त, असहाय, वेवारिसे र जोखिममा परेकाका ज्येष्ठ नागरिकका लागि उद्धार, राहत, सुरक्षा प्रदान गर्न ज्येष्ठ नागरिक कोष, पुनःस्थापना केन्द्रको स्थापना गराउने ।
  • ज्येष्ठ नागरिकको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संस्था वा व्यक्तिलाई वार्षिक रूपमा सम्मान सहित पुरस्कार गर्ने व्यवस्था मिलाउने ।
  • ज्येष्ठ नागरिकको तथ्यांक संकलन गरी उनीहरूको विस्तृत सूचना एवं जानकारी सहितको रेकर्ड राख्न प्रदेश संघ र जिल्ला संघको पहलमा सबै स्थानीय तहमा राख्ने व्यवस्था मिलाउने ।
  • ज्येष्ठ नागरिक आश्रयका लागि संचालित हेरचाह केन्द्रहरू मा न्यूनतम सेवा सुविधा उपलब्ध गराउन मापदण्ड तयार गरी कडाईका साथ लागू गराउने ।
  • विभिन्न यातायातका साधनहरूलाई क्रमशः ज्येष्ठ नागरिक मैत्रीमुखी बनाउदै लैजान अभियान संचालन गर्ने ।
  • सरकारद्धारा निर्माण गरिने सबै संरचनाहरू ज्येष्ठ नागरिक मैत्रीमुखी वनाउने र निजी क्षेत्रमा पनि सोही बमोजिम निर्माण गर्न प्रोत्साहन गर्नमा अभियान संचालन गराउने ।
  • ज्येष्ठ नागरिक हक अधिकारलाई सुनिश्चित गर्न अन्र्तराष्ट्रिय महासन्धि—International Convention On the Rights of Older Persons(ICROP) निर्माण गर्ने ।

७) चुनौतीहरूः

महासंघको सीमित स्रोत र साधनको बाबजुत पनि देशव्यापी रूपमा ज्येष्ठ नागरिक सम्वन्धी कार्यक्रम संचालन गरिरहेका छौं । यद्यपी महासंघको लक्ष्य र उद्देश्य बमोजिमको क्रियाकलाप संचालन गर्न निकै चुनौतीपूर्ण रहेको हामीले महसुस गरेका छौ । महासंघले सामना गर्नुपरेको समस्या तथा चुनौतीहरू यस प्रकार छन् ः

  • नेपालमा अझै पनि राज्य र समाजवाट ज्येष्ठ नागरिक विषयले प्राथमिकता पाउन नसकिरहेको अवस्था छ ।
  • राजनीतिक दलका नेताहरूमा ज्येष्ठ नागरिकका विषय प्रति संवेदनशिलतामा कमी ।
  • महासंघको कार्य क्षेत्रलाई समेट्न सक्ने गरी स्रोत साधनको सम्पन्नता र संगठनात्मक क्षमताको विकास गरी प्रभावकारी छाता संगठनको रूपमा विकास गर्न महासंघको भौतिक सुविधा सम्पन्न भबन र पर्याप्त मात्राको जनशक्ती सहित चुस्त सचिवालयको विकास भईनसकेको अवस्था छ ।
  • महासंघ एवं जिल्ला संघहरूको वित्तीय अवस्था कमजोर भएकोले आर्थिक स्थिति सुदृढ गरी जिल्ला संघ सहित महासंघलाई अगाडि वढाउने कार्य अर्को चुनौतीपूर्ण कार्य छ ।

ROOT ROOT ROOT