पृष्ठभूमिः उमेर हरेक मानव जीवनचक्रको उमेर हरेक मानव — जीवनचक्रको प्राकृतिक विषय र मानव जीवनबाट अलग्याउन नमिल्ने सामान्य प्रक्रिया हो । संसारभरि र नेपालमा पनि मानिसको सरदर आयु धेरै बढेको छ । तसर्थ यसले ज्येष्ठ नागरिकहरुको संख्या पनि द्रुत गतिले बढ्दै छ । हाल संसारमा ६० बर्ष नाघेका मानिस ७६करोड छन् भने यो जनसंख्या सन् २०५०मा दुई अरव पुग्नेछ । वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा ६० बर्ष उमेर पुगेका मानिस कुल जनसंख्याको ९ प्रतिशत (करीव २५ लाख) रहेको छ । ज्येष्ठ नागरिकहरु ज्ञान र अनुभवका अमूल्य भण्डार हुन् । जसवाट नयाँ पुस्ताले प्रशस्त कुरा सिक्न सक्दछ । ज्येष्ठ नागरिकहरु व्यावहारिक ज्ञानको अमूल्य भण्डार र इतिहासको साक्षात प्रतिमूर्ति हुन् तर उनीहरु शान्तिपूर्वक र सम्मानजनक रुपमा बाँच्नको लागि गम्भीर चुनौतीको सामना गरिरहेका छन् । यस्ता चुनौतीहरु आर्थिक, भौतिक, स्वास्थ्य, सामाजिक र मनोवैज्ञानिक रुपमा देख्न सकिन्छ ।
आर्थिक चुनौतीमा रोजगारी टुट्नु, आम्दानी घट्नु, आर्थिक असुरक्षा बढ्नु आदि पर्दछन् । स्वास्थ्य चुनौतीमा कमजोर स्वास्थ्य र स्वास्थ्य सेवाको कमी, पोषणयुक्त भोजनको अभाव र भौतिक चुनौतीमा उचित आवासको अभाव जस्ता कुरा पर्दछन् । त्यस्तै सामाजिक तथा मनोवैज्ञानिक चुनौतीमा मान मर्यादामा आउने कमी, अरुबाट हेलचेक्रयाईँपूर्ण व्यवहार हुने, सामाजिक वहिष्करण तथा हेलाहोचो भोग्नुपर्ने जस्ता कुरा पर्दछन् । ज्येष्ठ नागरिकहरुको माग र खास किसिमको आवश्यकतालाई सम्वोधन गर्न परिवार, सन्तति र समाज सबैको परम् कर्तब्य हो ।
ज्येष्ठ नागरिकको सवै मानवीय आवश्यकता पूरा भई शान्त र मर्यादित जीवन जीउन पाउने हकलाई सम्मान, संरक्षण र परिपूर्ति गर्नु राज्यको दायित्व हो । यसले ज्येष्ठ नागरिकहरुलाई सुरक्षित र खुसी राख्नेछ । तर व्यवहारमा ज्येष्ठ नागरिकहरु घरपरिवार र समाजमा अपहेलित, शोषित र सीमान्तकृत भई आधारभूत आवश्यकताको उपभोग गर्नबाट बञ्चित भईरहेका छन् । ज्येष्ठ नागरिकको हकहितसम्वन्धी राष्ट्रिय नीति, स्रोतसाधनको विनियोजन र संरक्षणका तरिकाहरु ज्यादै नगण्य छन् जुन कुरा ज्येष्ठ नागरिकहरुको ठूलो चासो र सरोकारको विषय भएको छ । यस क्षेत्रमा सर्वसाधारण मानिस, नागरिक समाज र राज्यका सबै क्षेत्रबाट विशेष पहल हुन जरुरी छ किनकि आज ती ओहोदा र हैसियतमा रहेका मानिसहरु पनि भोली ज्येष्ठ नागरिक बन्नु पर्नेछ र उनीहरुले पनि यस्तै नियति भोग्नु पर्नेछ ।
ज्येष्ठ नागरिकको हक अधिकारको क्षेत्रमा कार्यरत केही प्रतिबद्ध व्यक्ति तथा सामाजिक संस्थालाई ज्येष्ठ नागरिकहरुले जीवन वाँचिरहेको परिस्थिति र आवश्यकतालाई दृष्टिगत गरी एक्लाएक्लै काम गर्नुको अलावा संयुक्त रुपमा मिलेर उनीहरुको जीवनमा सकारात्मक परिवर्तन हुने खालको काम गर्न जरुरी छ भन्ने बोध भएर संस्थागत, संगठित भएर ज्येष्ठ नागरिकको आवाजलाई बुलन्द गरी अधिकार स्थापित गर्न राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको आवश्यकता देखिएको हो ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको स्थापनाः यसै परिपे्रक्ष्यमा ज्येष्ठ नागरिकको मर्यादित र सम्मानजनक जीवन यापन गर्नपाउने अधिकारको सुनिश्चितताको लागि २०६० भाद्र १७मा स्थापित नेपाल राष्ट्रिय ज्येष्ठ नागरिक संस्था सञ्जाललाई समयसापेक्ष व्यापक र प्रभावकारी बनाई ज्येष्ठ नागरिकका क्षेत्रमा क्रियाशील सम्पूर्ण संस्था, व्यक्ति तथा सरोकारवालाहरु समेतको वृहत्त छाता संगठनको रुपमा विकसित र नेतृत्व गर्दै संस्था दर्ता ऐन, २०३४ अनुसार राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ २०६८ पौष १२ मा स्थापना गरिएको हो । ज्येष्ठ नागरिकहरुको हक अधिकारको सम्मान गर्न गराउन कार्यरत सामाजिक संस्थाहरुको नेतृत्व र समन्वय गर्न यो महासंघ उतm मितिमा जिल्ला प्रशासन कार्यालय काठमाडौमा विधिवत दर्ता भई (दर्ता नं ६५८/२०६८) समाज कल्याण परिषद्मा आवद्ध रहेको छ । हाल यस महासंघले नेपालका पाचै विकास क्षेत्रका ४० भन्दावढी जिल्लामा जेष्ठ नागरिक जिल्ला संघहरु गठन गरी आफ्नो कार्यक्षेत्र ब्यापक गरेको छ ।
ध्येय
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, नेपाल ज्येष्ठ नागरिकहरुको लागि तत्काल आवश्यक सेवा उपलव्ध गराई तथा ज्येष्ठ नागरिकको हक हितको संरक्षण गर्न नीति तर्जुमा गर्न र त्यसको प्रभावकारी कार्यान्वयन गर्न गराउन सरकारसंग वकालतको काम गरी समग्र ज्येष्ठ नागरिकको जीवनमा सकारात्मक परिवर्तन र सुरक्षाको अनुभूति गराउन क्रियाशील रहनु महासंघको ध्येय हुने छ ।
उपलब्धीहरु
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संचालन गरेका कार्यक्रमहरूका उपलब्धीहरु
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ स्थापना कालदेखिनै ज्येष्ठ नागरिकको जीवन सुखी, सम्मानित र मर्यादित बनाउने तर्फ राज्यसंगको निकट समन्वय र सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यद्यपी बढ्दो अवस्थामा रहेको ज्येष्ठ नागरिकलाई संवोधन गर्ने राज्यको पर्याप्त कार्यक्रम, श्रोत साधन र ज्येष्ठ नागरिक मैत्री विभिन्न कार्यक्रमको अभाव तथा ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव राष्ट्रले उपयोग गरी नयाँ पीढिमा हस्तान्तरण गर्न नसक्नु, संयुक्त परिवारबाट एकल परिवारको प्रथाले स्थान पाउदै गएको र सन्तानले बाबु आमाप्रति पूरा गर्नुपर्ने दायित्व वहन र हेरचाहमा क्रमश ह्रास हुदै जानु, बुढयौलीका कारण लाग्ने विभिन्न रोगहरूको समयमा निदान र उपचारको यथोचित व्यवस्था हुन नसक्नु, समाजमा ज्येष्ठ नागरिक प्रति गर्नुपर्ने श्रद्धा, सम्मान र सकारात्मक सम्बोधनमा ह्रास आउनु, दीर्घकालिन योजना, नीति, कानून नियमको उपयुक्त र प्रभावकारी सरकारीे कार्यक्रमको अभाव जस्ता चुनौतीहरु हामी विच रहेका छन् ।
यस्ता चुनौतिहरुलाई सामना गर्दै, महासंघले ज्येष्ठ नागरिकको हक अधिकार संरक्षण र सम्बद्र्धनको क्षेत्रमा सशक्त रूपमा आवाज बुलन्द गर्दै, विभिन्न विषयमा गरेको निरन्तर प्रयास र सक्रियताले ज्येष्ठ नागरिकको विषयमा महासंघले नागरिकको सवालमा लिएको ध्येय अनुसारका लक्षित उद्देश्यहरु पुरा गर्ने सन्र्दभमा देहाय बमोजिमका उपलब्धीहरु हासिल गर्न सफल भएको छ ।
उपलब्धीहरूः
१. महासंघको सकृयता एवं प्रत्यक्ष संलग्नतामा नेपालको संविधान, २०७२ को धारा ४१, मौलिक हकको छुट्टै महलमा ज्येष्ठ नागरिककोे अधिकार स्थापना गर्न सफल हुनु ।
२. महासंघको आयोजनामा सार्ककै ईतिहासमा प्रथम पटक नेपालमा तीन दिने दक्षिण एशिया ज्येष्ठ नागरिक कार्यशाला गोष्ठीको आयोजना गरि महासंघकै तत्कालिन अध्यक्ष डा. गौरीशंकर लाल दासज्यूको अध्यक्षतामा दक्षिण एशिया ज्येष्ठ नागरिक मञ्चको गठन गर्न सफल हुनु ।
३. विभिन्न सेवा प्रदायक निकाय –बैंक तथा वित्तीय संस्था, यातायात, स्वास्थ्य संस्था) हरूले ज्येष्ठ नागरिकलाई लक्षित गरि सेवा सुविधामा विस्तार गर्नु ।
४. परिवार, समाज र राज्यले ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा केही सकारात्मक परिवर्तन सृजना हुनु ।
५. नेपालको संघीय मन्त्रालयमा स्पष्ट रूपमा ज्येष्ठ नागरिककै नाममा मन्त्रालयको स्थापना हुनु ।
६. नेपालका सातै प्रदेशमा ज्येष्ठ नागरिक प्रदेश संघ र ति प्रदेशका ७४ जिल्लामा ज्येष्ठ नागरिक सम्वन्धी कार्य गर्ने ज्येष्ठ नागरिक जिल्ला संघहरू स्थापना भई प्रदेश एवं जिल्लामाछाता संघको रूपमा कार्य गर्न सफल हुनु ।
७. नेपालमै प्रथम पटक हेटौडामा सम्पन्न ज्येष्ठ नागरिकका सवालमा संचालित वृद्धाश्रम र दिवा सेवा केन्द्रहरूको दुई दिने गोष्ठीले सिफारिस गरेको विषयहरूलाई सरकारले सकारात्मक रूपले लिएर, संचालित वृद्धाश्रम एवं दिवा सेवा केन्द्रहरूको मापदण्ड तयार गरि सुधार एवं सहयोग पु¥याउने घोषणा सहित आ.व.०७७/०७८ को कार्यक्रम तथा वजेटमा समावेश भएको छ ।
८. नेपालभर संचालित वृद्धाश्रम र दिवा सेवा केन्द्रहरू जानकारी समेटिएको प्रोफाईल तयार भएको छ ।
९. कोभिड–१९ को महामारीमा ज्येष्ठ नागरिकको दैनिक जीवन संचालनमा सहजीकरण गर्नुका साथै सरकारको प्राथमिकतामा ज्येष्ठ नागरिकलाई उपचार तथा भ्याक्सिन दिनमा प्राथमिकतामा पर्नु ।
१०. सामाजिक सुरक्षा भत्तामा समयानुकुल बृद्धि भई हाल रु. ४०००/— सम्म पुगेको छ ।
११. ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य विमा कार्यक्रम लागू रहेको छ ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको भावि कार्यक्रमहरू
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको भावि कार्यक्रमहरू
ज्येष्ठ नागरिकको हक अधिकार संरक्षण र सम्बद्र्धनको सवालमा विगत १७ वर्ष देखि कार्य गर्दै आईरहेको राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले नेपालका करिव ३० लाख ज्येष्ठ नागरिकको जीवन सम्मानित, सुरक्षित, सुखी र मर्यादित तुल्याउन विभिन्न गतिविधि संचालन गर्दै, आज मुलुकको साँतै प्रदेशका देशभर ७४ जिल्लामा महासंघ ज्येष्ठ नागरिक जिल्ला संघ मार्फत फैलिएको छ । साथै स्थापित जिल्ला संघहरू आ–आफ्नो जिल्ला भित्रका स्थानीय तहका गाँउपालिका र नगरपालिका सम्म संगठन विस्तार गर्दै, ज्येष्ठ नागरिकहरूको हक, हित र अधिकारका लागि सक्रिय रूपले कार्यरत रहेका छन् । वाँकी स्थानीय निकायका पालिकाहरूमा महासंघको संगठन विस्तार गर्ने कार्यलाई तदाकरुकता साथ अगाडि बढाई लगिनेछ र ७५३ वटै निकायमा महासंघले सरकार समक्ष निकट रहेर समन्वयात्मक रूपले कार्य गर्नेछ ।
विशेष गरि ज्येष्ठ नागरिकको हक अधिकार संरक्षण र सम्बद्र्धनको क्षेत्रमा सशक्त रूपमा आवाज बुलन्द गर्दै, विभिन्न विषयमा निरन्तर प्रयास र सक्रियताले ज्येष्ठ नागरिकको विषयमा महासंघको स्थापनासंगै ज्येष्ठ नागरिकको सवालमा लिएको ध्येय अनुसारका लक्षित उद्देश्यहरु पुरा गर्ने सन्र्दभमा ज्येष्ठ नागरिकको जीवन सुखी, सम्मानित र मर्यादित बनाउने तर्फ राज्यसंगको निकट समन्वय र सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेता पनि बढ्दो अवस्थामा रहेको ज्येष्ठ नागरिकलाई संवोधन गर्ने राज्यको पर्याप्त कार्यक्रम, श्रोत साधन र ज्येष्ठ नागरिक मैत्री विभिन्न कार्यक्रमको अभाव तथा ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव राष्ट्रले उपयोग गरी नयाँ पीढिमा हस्तान्तरण गर्न नसक्नु, संयुक्त परिवारबाट एकल परिवारको प्रथाले स्थान पाउदै गएको र सन्तानले बाबु आमाप्रति पूरा गर्नुपर्ने दायित्व वहन र हेरचाहमा क्रमश ह्रास हुदै जानु, बुढयौलीका कारण लाग्ने विभिन्न रोगहरूको समयमा निदान र उपचारको यथोचित व्यवस्था हुन नसक्नु, समाजमा ज्येष्ठ नागरिक प्रति गर्नुपर्ने श्रद्धा, सम्मान र सकारात्मक सम्बोधनमा ह्रास आउनु, दीर्घकालिन योजना, नीति, कानून नियमको उपयुक्त र प्रभावकारी सरकारीे कार्यक्रमको अभाव जस्ता चुनौतीलाई सामना गर्दै, महासंघले देहाय बमोजिमको राष्ट्रिय नीति लिएर अगाढी बढ्न देहायका भावि कार्यक्रमहरू संचालन अग्रसर रहनेछ ।
१. संवैधानिक एवं कानूनी क्षेत्रः
- नेपालको संविधानको धारा ४१, मौलिक हकमा ज्येष्ठ नागरिककोे अधिकार सुनिश्चित गरिएको छ । उक्त धारा ४१ मा ज्येष्ठ नागरिकलाई दिएको अधिकार विशेष संरक्षण र सामाजिक सुरक्षाको हकलाई प्रचलन गराउन आवश्यक ऐन तर्जुमा गर्ने वा संशोधनको लागि संसदमा विचाराधिन रहेको मौजुदा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधनमा थप समावेश गर्न विशेष पहल गर्ने ।
- ज्येष्ठ नागरिक माथि हुने विभिन्न खाले हिंसा, दुव्र्यवहार जस्ता क्रियाकलापलाई रोक्न र ज्येष्ठ नागरिकको जीवन सुखमय र सम्मानित वनाउन, ज्येष्ठ नागरिकले आर्जेको सम्पत्तीलाई ईच्छापत्र (Will System) को व्यवस्था गराउने । जुन, ईच्छापत्र ज्येष्ठ नागरिकले चाहेका बखत सहजै रद्ध हुने कानूनी व्यबस्था मिलाउने ।
- यस्तो ईच्छापत्रका २ वटा विकल्प हुनु उपयुक्त देखिन्छ । पहिलो विकल्प अनुसार, यस्तो ईच्छापत्र आप्mनो सन्ततीलाई प्रदान गर्ने ।
- दोस्रो विकल्प अनुसार आप्mनो सम्पत्ति सरकारले कानून निर्माण गरी खडा गरेको अधिकारिक ट्रष्टको नाममा जम्मा गर्ने । यो ट्रष्टमा जम्मा गरे पश्चात् त्यो ज्येष्ठ नागरिकको बाँकी जीवन सम्मान र मर्यादितपूर्वक व्यतित गराउने सम्पूर्ण भरण पोषण तथा हेरचाहको जिम्मेवारी सरकार (ट्रष्ट मार्फत) ले गर्नु पर्दछ ।
- यी सबै प्रयासको मूल ध्येय आम ज्येष्ठ नागरिकलाई आआप्mनै घरमा परिवारद्धारा ससम्मान स्याहार गर्ने प्रबन्ध गर्नु हुनेछ ।
२. आर्थिक क्षेत्रः
- सामाजिक सुरक्षा भत्तामा समयानुकुल बृद्धि भई हाल रु. ४०००÷— सम्म पुगेको छ । यसलाई कम्तिमा ज्येष्ठ नागरिकको जीविकोपार्जन गराउन सक्ने गरी विभिन्न उमेर समूह बमोजिम वैज्ञानिक ढंङ्गले वृद्धि गर्न पहल गर्ने ।
- कुनै ज्येष्ठ नागरिकले व्यबसाय वा स्वरोजगार गर्ने भए रु ५ लाखदेखि रु २५ लाख सम्मको श्रृण सरल व्याजदरमा दिने गरी ज्येष्ठ नागरिक च्यालेन्ज फण्ड खडा गर्ने र प्राईम लोकेशनमा व्यबसाय संचालन गर्ने व्यवस्था मिलाउने ।
- ज्येष्ठ नागरिकले व्यबसाय गर्न सक्ने गरी बैक र वीमा कम्पनीहरुसंग सहजिकरण गरी सजिलै धितो राख्ने व्यवस्था गर्ने तथा व्यबसाय एवं स्वास्थ्य जीवन वीमा गराउने व्यवस्था मिलाउने ।
- विभिन्न वैंक तथा वित्तीय संघ संस्थाहरूमा ज्येष्ठ नागरिकहद्वारा संचय गरी राखेको रकम निजको शेष पश्चात उक्त रकम प्राप्त गर्ने नजिकका हकवाला नभएका सो रकम ज्येष्ठ नागरिक कोष खडा गरी जम्मा गर्ने प्रबन्ध मिलाउने ।
- ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणमा प्रयोग गराउँदै ज्येष्ठ नागरिकलाई अर्थाेपार्जन क्रियाकलापमा संलग्न गराउने । जस्तै, तीनै तहका सरकारले परामर्शदाता, सल्लाहकार, स्वयंसेवक, संचालक सदस्य लगायतका पदमा नियुक्ति गर्दा सर्बप्रथम ज्येष्ठ नागरिकलाई अग्राधिकार दिने नीति लिनुपर्दछ । यस्का लागि तीनै तहका सरकारहरुसंग सम्पूर्ण ज्येष्ठ नागरिकहरू नागरिकहरूको प्रोफाईल तयार रहेको हुनुपर्दछ ।
- ज्येष्ठ नागरिकले घर कुर्ने, नाति नातिनीको स्याहार गर्ने, परिवारकोतर्फबाट सामाजिक कार्य गर्ने लगायतलाई आयमा रुपान्तरित गरी राष्ट्रिय आम्दानी र कुल ग्राहस्थ उत्पादन (जि.डि.पि.) मा समावेश गर्ने प्रबन्ध गर्ने ।
३. स्वास्थ्य क्षेत्रः
- ज्येष्ठ नागरिकहरूलाई नेपालका केन्द्रीय, प्रादेशिक र स्थानीय तहका अस्पतालहरूमा जेरियाट्रिक वार्डको व्यवस्था गर्न र सवै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचारको व्यवस्था गर्न गराउन (आ.ब. ०७८÷७९ को बजेटमा सम्बोधन भएको) आबश्यक पहल गर्ने ।
- निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ज्येष्ठ नागरिकहरूलाई कम्तिमा ५० प्रतिशत छुट तथा सुविधाको लागि अविलम्ब स्वास्थ्य नीति बनाई लागु गराउने ।
- सरकारले हाल अल्जाईमर रोगीलाई उपलव्ध गराउँदै आएको रु एक लाखलाई कम्तिमा ५ लाख पु¥याई उक्त रकम प्राप्त गर्नमा सरल बिधि वनाउन पहल गर्ने ।
- हाल सरकारले तोकेको २४ अस्पतालको जेरियाट्रिक वार्डको व्यवस्था अनुरुप सोही बमोजिमका ज्येष्ठ नागरिक विशेषज्ञ डाक्टर र नर्सको दरवन्दी सृजना गराई सेवा प्रभावकारी वनाउने ।
- ज्येष्ठ नागरिकलाई आवश्यक मल्टी भिटामिन र क्याल्सियम स्थानीय तहका विभिन्न स्वास्थ्य तथा उपस्वास्थ्य चौकीबाट वितरण गर्ने व्यवस्था मिलाउने ।
- बालबालिकालाई लगाईने विभिन्न खोप जस्तै ज्येष्ठ नागरिकलाई पनि रुघा र निमोनिया विरुद्धको खोप (फिल्यू भेक्सिन)सवै अस्पतालबाट वर्षेनी निःशुल्क लगाउने व्यवस्था मिलाउने ।
- ज्येष्ठ नागरिकको हालको रु १ लाखको वीमालाई क्रमशः रु ५ लाख र रु १० लाख पुर्याउने व्यवस्था मिलाउने ।
- ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने प्रायजसो, प्रेसर, सुगर, कोलेस्ट्रोल, दम, मुटु रोग विरुद्ध सेवन गर्ने औषधीहरूलाई जेनेरिक औषधी उत्पादन गर्ने व्यवस्था मिलाई केही निश्चित प्रतिशत छुट दिने प्रवन्ध मिलाउने ।
- अल्जाईमर, मुटुरोग, मृर्गौला लगायतका ८ वटा कडा रोगमा सरकारले विशेष उपचार गर्ने व्यवस्था मिलाई ज्येष्ठ नागरिकहरुलाई हाल उपलब्ध गराईदै आएको रु. १ लाखलाई कम्तिमा ५ लाख पु¥याउने व्यवस्था मिलाउने ।
४. शिक्षाको क्षेत्रः
- सबै ज्येष्ठ नागरिकले शिक्षाबाट बञ्चीत हुन नदिने तथा निरक्षर ज्येष्ठ नागरिकको पहिचान गरी अनौपचारिक शिक्षा तथा तालिमको व्यवस्था मिलाउने ।
- समयसंगै विकशित विभिन्न संचारको माध्यमहरू कम्प्युटर, मोबाईल जस्ता उपकरण र डिभाईस चलाउनमा टोल–टोलमा प्रशिक्षण दिने व्यवस्था मिलाउने ।
- प्रत्येक स्थानीय तहबाट वृद्धावस्था व्यवस्थापन एवं ज्येष्ठ नागरिक स्याहारकर्ता तालिम संचालन गराउने ।
- ज्येष्ठ नागरिक सम्वन्धी प्रकाशित समग्र सूचना, तथ्यांक एवं साहित्यहरूको ब्यवस्थापन तथा वितरणको लागि (आवश्यक सूचना तथा सामग्री संकलन एवं व्यवस्थित गर्न) महासंघमा स्रोत केन्द्रको स्थापना गर्ने ।
- विद्यालयको प्रा.वि. स्तरदेखि उच्च शिक्षासम्मनै नैतिकशिक्षाको साथमा ज्येष्ठ नागरिक वुढ्यौली शिक्षा (ज्येष्ठ नागरिकलाई सम्मान गर्ने र जीवन जीउने कला) अनिवार्य रूपमा पाठ्क्रममा समावेश गराई लागू गराउने ।
५. ज्येष्ठ नागरिकबाट अन्तरपुस्ता ज्ञान र सीपको हस्तान्तरणः
- प्रत्येक स्थानीय तहमा ज्येष्ठ नागरिकको लागि भेटघाट, अनुभवको आदन प्रदान, मनोरन्जन लगायतका लागि ज्येष्ठ नागरिक अत्याधुनिक दिवा सेवा केन्द्र स्थापना गर्नुपर्छ । जहाँ युवा, केटाकेटी लगायत भ्रमणमा आउने आकर्षक थलो निर्माण हुनुपर्दछ यसले ज्येष्ठ नागरिकले साट्ने अनुभव र ज्ञानबाट नयाँ पुस्ताले सिक्न पाउने अवसर सृजना हुन्छ ।
- अन्तरपुस्ता ज्ञान र सीप हस्तान्तरणका लागि विभिन्न विधामा अनुभव संगालेका ईच्छुक र योग्य ज्येष्ठ नागरिकहरूबाट उनीहरूले हासिल गरेका विभिन्न कला र सिपलाई हस्तान्तरण गराउन सम्वन्धित स्कूल र क्याम्पसमा कक्षा लिने व्यबस्था गर्ने ।
- ज्येष्ठ नागरिकद्वारा लिखित कथा, उपन्यास, कविता, मुक्तक एवं विषयगत विद्याका पुस्तकलाई उपयोगी ठहर गरी प्रकाशन गरिदिने व्यवस्था मिलाउने ।
- ज्येष्ठ नागरिकको अनुभव प्रकाशित र प्रशारित गर्न आम संचार माध्यमलाई उत्प्रेरित गर्ने नीति अख्तियार गर्ने ।
६. अन्यः
- ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई मुलुकको विकास निर्माणको साथै समाज परिवर्तनको लागि राज्यको हरेक तह र तप्कामा ज्येष्ठ नागरिकको अनिवार्य सहभागिता गराउन देहायका विषयहरूमा अभियान संचालन गर्ने ।
- ज्येष्ठ नागरिक माथि भएका दुव्र्यवहार सम्वन्धी आवश्यक कानुनी सल्लाह तथा परामर्श सेवा निशुल्क पाउने प्रबन्ध गर्नुपर्छ ।
- साथै, उनीहरुलाई कुनै प्रकारको आकस्मिक समस्या आईपरेमा सम्पर्क राख्ने ज्येष्ठ नागरिक हेल्पलाईनको स्थापना गर्ने ।
- अशक्त, असहाय, वेवारिसे र जोखिममा परेकाका ज्येष्ठ नागरिकका लागि उद्धार, राहत, सुरक्षा प्रदान गर्न ज्येष्ठ नागरिक कोष, पुनःस्थापना केन्द्रको स्थापना गराउने ।
- ज्येष्ठ नागरिकको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संस्था वा व्यक्तिलाई वार्षिक रूपमा सम्मान सहित पुरस्कार गर्ने व्यवस्था मिलाउने ।
- ज्येष्ठ नागरिकको तथ्यांक संकलन गरी उनीहरूको विस्तृत सूचना एवं जानकारी सहितको रेकर्ड राख्न प्रदेश संघ र जिल्ला संघको पहलमा सबै स्थानीय तहमा राख्ने व्यवस्था मिलाउने ।
- ज्येष्ठ नागरिक आश्रयका लागि संचालित हेरचाह केन्द्रहरू मा न्यूनतम सेवा सुविधा उपलब्ध गराउन मापदण्ड तयार गरी कडाईका साथ लागू गराउने ।
- विभिन्न यातायातका साधनहरूलाई क्रमशः ज्येष्ठ नागरिक मैत्रीमुखी बनाउदै लैजान अभियान संचालन गर्ने ।
- सरकारद्धारा निर्माण गरिने सबै संरचनाहरू ज्येष्ठ नागरिक मैत्रीमुखी वनाउने र निजी क्षेत्रमा पनि सोही बमोजिम निर्माण गर्न प्रोत्साहन गर्नमा अभियान संचालन गराउने ।
ज्येष्ठ नागरिक हक अधिकारलाई सुनिश्चित गर्न अन्र्तराष्ट्रिय महासन्धि—International Convention on Rights of Senior Citizens (ICROP) निर्माण गर्ने ।