लक्ष्य
ज्येष्ठ नागरिकको आर्थिक, भौतिक, सामाजिक र मनोवैज्ञानिक चुनौतीहरूको सामना गरि उनीहरूको सर्वोत्तम हितको संरक्षण गर्नु राष्ट्र्यि ज्येष्ठ नागरिक महासंघको लक्ष्य रहेको छ ।
उद्देश्यहरू
- ज्येष्ठ नागरिकको लागि आवश्यक राहत र पुनःस्र्थापनाको कामको सहजीकरण गर्नु ।
- देशभरी ज्येष्ठ नागरिकको हितको लागि संचालित सामाजिक संघसंस्थाबीचको सहयोग र सहकार्यलाई सुदृढीकरण गरी संगठित बनाई महासंघको छाता भित्र वद्ध गराउनु एवं समन्वय गर्नु ।
- सरकारसंग ज्येष्ठ नागरिकको लागि उपयुक्त नीति, ऐन नियमको तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयनको लागि वकालत गर्नु ।
- ज्येष्ठ नागरिकको वहुमूल्य ज्ञान, सीप र अनुभवलाई समग्र समाजको हितको लागि परिचालन गर्नु ।
- आम सचेतीकरण, सम्बाद र सहकार्य मार्फत अन्तरपुस्तावीचको दूरी कम गरि ज्येष्ठ नागरिकलाई आफ्नो परिवारमा खुसीपूर्वक बस्ने वातावरण सृजना गर्नु ।
- ज्येष्ठ नागरिकका विविध विषयमा अध्ययन अनुसन्धान गरि त्यसका नतीजा सम्वन्धित व्यक्ति तथा निकायहरू समक्ष ल्याउनु ।
- ज्येष्ठ नागरिकको चाहना र आवश्यकतालाई संरक्षण सम्वद्र्धन गर्न आवश्यक काम गर्नु ।