Noticeboard | Events

There are no upcoming events at this time.

 

 

 

 

 

 

 

 

 

 

अध्यक्षबाट सन्देश

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, नेपालको ज्येष्ठ नागरिकको क्षेत्रमा सातै प्रदेश र सबै जिल्लाहरूमा संगठन विस्तार गर्न सफल १९ वर्ष लामो ईतिहास बोकेको गैरराजनीतिक, गैर धार्मिक र मुनाफा रहितको सामाजिक छाता संस्था हो । ज्येष्ठ नागरिकको जीवन स्वस्थ, सुखी, सम्मानित र क्रियाशील जीवन व्यतित गर्न पाउने अधिकार सुनिश्चिता गराउने सन्दर्भमा, महासंघले वेग्लै पहिचान बनाएको छ । समय सापेक्ष ज्येष्ठ नागरिकको ईच्छा, चाहना र आवश्यकता अनुरुपका विभिन्न सवालमा आधारित उपयोगी र फलदायी कार्यक्रमहरू संचालन गर्दै जाने यसको मूल ध्येय एवं विशेषता हो । लक्षित उद्देश्य प्राप्तिका लागि महासंघ सदैव मन, वचन र कर्मले अग्रसर रहनेछ । यसको लागि वर्तमान संरचनाका सरोकारवाला निकायहरू संग बहस पैरवी गर्दै कार्यान्वयन गराउनमा महासंघले आफ्नो यात्रालाई अगाडि बढाईरहन चाहन्छ । तसर्थ, ज्येष्ठ नागरिकको वृहत्तर हितमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको उपस्थितिलाई अझ सशक्त र प्रभावकारी वनाउन महासंघले के कस्ता विधि र पद्धतीहरू अपनाउनु पर्ने हो त्यसको बारेमा रचनात्मक सल्लाह, सुझाव र मार्गदर्शन दिनुहुन हामि सम्पूर्ण संघ, संस्था लगायत आदरणीय शुभेच्छुक महानुभावहरूमा हार्दिक अपिल गर्दछौं । धन्यवाद । जय ज्येष्ठ नागरिक ।

न्युजलेतर

 

 

 

 

 

 

 

 


राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको वेवसाइटमा यहाँहरूलाई स्वागत छ

NASCIF

राष्ट्रिय ज्येष्ठ नगारिक महासंघको वेवसाइटमा स्वागत छ ज्येष्ठ नागरिकको आर्थिक, भौतिक, स्वास्थ्य, सामाजिक र मनोवैज्ञानिक चुनौतीहरुको सामना गरी उनीहरुको सर्वोत्तम हक हितको संरक्षण गर्ने उद्देश्यले २०६८ पौष १२ गते स्थापना गरिएको राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ गैर राजनैतिक र गैर नाफामूलक सामाजिक संस्था हो । महाँसंघ हुनु अगाडि २०६० भाद्र १७ देखि यो संस्थाले नेपाल राष्ट्रिय ज्येष्ठ नागरिक संस्था सञ्जालका रुपमा कार्य गर्दै आएको थियो । यसलाई समयसापेक्ष, व्यापक र प्रभावकारी बनाई ज्येष्ठ नागरिकका क्षेत्रमा क्रियाशील सम्पूर्ण संस्था, व्यक्ति तथा सरोकारवालाहरु समेतको वृहत्त छाता संगठनको रुपमा विकसित गर्ने ध्येयले यसलाई महासंघमा परिणत गरिएको हो । यो महासंघले काठमाडौ जिल्ला प्रशासनमा उक्त मितिमा दर्ता भई समाज कल्याण परिषद्मा समेत आवद्धता लिईसकेको छ । हाल यस महासंघले नेपालका पाचै विकास क्षेत्रका ६४ भन्दा वढी जिल्लामा ज्येष्ठ नागरिक जिल्ला संघहरु गठन गरी आफ्नो कार्यक्षेत्र व्यापक गरेको छ ।

हामी नै किन ?

ज्येष्ठ नागरिकहरू व्यावहारिक ज्ञानको अमूल्य भण्डार र इतिहासको साक्षात् प्रतिमूर्ति हुन् तर उनीहरू शान्तिपूर्वक र सम्मानजनक रूपमा बाँच्नको लागि गम्भीर चुनौतीको सामना गरिरहेका छन् । यस्ता चुनौतीहरू आर्थिक, भौतिक, सामाजिक र मनोवैज्ञानिक रूपमा देख्न सकिन्छ । आर्थिक चुनौतीमा रोजगारी टुट्नु, आम्दानी घट्नु, आर्थिक असुरक्षा बढ्नु आदि पर्दछन् । भौतिक चुनौतीमा कमजोर स्वास्थ्य र स्वास्थ्य सेवाको कमी, पोषणयुक्त भोजनको अभाव, उचित आवासको अभाव जस्ता कुरा पर्दछन् ।